जोडिनुहोस
शनिबार, कार्तिक ३, २०८१
शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • यी हुन् सबैभन्दा धेरै र कम ब्याज दिने बैंक

यी हुन् सबैभन्दा धेरै र कम ब्याज दिने बैंक

वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि ब्याजदर घटाएका छन् । सञ्चालनमा रहेका २० मध्ये बाँकी १० वटा बैंकहरुले ब्याजदर घटाएका छन् । यसपटक कुनै पनि बैंकले ब्याजदर बढाएको पाइएको छैन ।

नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा एनआईशी एसिया बैंकले सर्वाधिक ३.२७ प्रतिशत ब्याजदर तोकेको छ । अधिकांश बैंकहरुले भने यसलाई ३ प्रतिशतको न्यूनतम विन्दुमा झारेका छन् ।

त्यस्तै, व्यक्तिगत मुद्दती खातामा माछापुच्छ्रे बैंकले तोकेको ६.५ प्रतिशत ब्याजदर नै सर्वाधिक रहेको देखिन्छ । यो खातामा एभरेस्ट र एनआईशी एसिया बैंकले सबैभन्दा कम ४.१५ प्रतिशत ब्याजदर तोकेका छन् ।

त्यस्तै, संस्थागत मुद्दती खातामा माछापुच्छ्रे बैंकले तोकेको ४.७५ प्रतिशत नै सबैभन्दा धेरै देखिएको छ । यस्तो खातामा सबैभन्दा कम एनआईशी एसिया बैंकले ३ प्रतिशत ब्याज तोकेको छ ।

बैंक कात्तिककोलागिब्याजदर (प्रतिशतमा)असोजको लागिब्याजदर (प्रतिशतमा)
एनएमबी६.५६.५
एनआइसी एसिया६.९९७.१८
सिटिजन्स बैंक६.१५
हिमालयन बैंक६.२५
माछापुच्छ्रे बैंक६.५६.५
नबिल बैंक६.२५६.७५
सिद्धार्थ बैंक६.५
प्राइम कमर्सियल७.२५
सानिमा बैंक६.१५५.९
कुमारी बैंक६.०१६.०१
प्रभु बैंक६.१६.१
लक्ष्मी सनराइज बैंक६.५
ग्लोबल आइएमई बैंक६.२५६.२५
स्ट्यान्डर्ड चार्टर्ड बैंक६.५
एभरेष्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंक ६.५६.५
नेपाल बैंक५.९५५.९५
राष्ट्रिय वाणिज्यबैंक५.८
नेपाल एसबिआई बैंक
कृषि विकासबैंक५.७५६६.०७
औसत६.१४६.४

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
रवि लामिछाने पक्राउ