जोडिनुहोस
सोमवार, कार्तिक १२, २०८१
सोमवार, कार्तिक १२, २०८१
  • होमपेज
  • भदौमा बैंक वित्तिय संस्थाको खुद मुनाफा २० अर्ब, नबिल र मुक्तिनाथ अगाडी

भदौमा बैंक वित्तिय संस्थाको खुद मुनाफा २० अर्ब, नबिल र मुक्तिनाथ अगाडी

भदौमा बैंक बित्तिय संस्थाहरुले २० अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन्। जसमा बैंकमा नबिल, विकास बैंकमा मुक्तिनाथ र फाइनान्समा गुहेश्वरी मर्चेन्ट अगाडी रहेका छन्। 

भदौ मसान्तमा कमर्शियल बैंकहरुले मात्रै १७ अर्ब ६९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन्। जसमा नबिल बैंक एक्लैले १ अर्ब ६६ करोड खुद मुनाफा आर्जन गरेको छ भने नबिललाई पछ्याएको ग्लोबल आइएमई बैंकले १ अर्ब ५६ करोड आर्जन गरेको छ। 

त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ४१ करोड खुद मुनाफा आर्जन गरेर तेस्रो स्थानमा परेको छ भने हिमालयन र कुमारी बैकले उल्लेख्य प्रगरी गरेका छन्। 

त्यस्तै विकास बैंकहरुले मात्रै १ अर्ब ६४ करोड खुद मुनाफा आर्जन गरेका छन्। जसमा मुक्तिनाथ विकास बैंकले मात्रै ३२ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने मुक्तिनाथलाई पछ्याएको गरिमा विकास बैंकले २८ करोड ८९ लाख खुद मुनाफा आर्जन गरेको छ। त्यस्तै साउन मसान्तमा पहिलो स्थानमा रहेको शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकले २१ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

१७ मध्ये ११ वटा विकास बैंक मात्रै नाफामा देखिएका छन् भने ६ वटा विकास बैंक गत आर्थिक वर्षको यसअवधिसंगको तुलनामा घाटामा गएका छन्। यसरी घाटामा जानेमा क्षेत्रीय स्तरका नारायणी, सप्तकोशी, सिन्धु, कर्णाली, मितेरी र एक्सेल डेभलपमेन्ट बैंक रहेका छन्। 

त्यस्तै फाइनान्स कम्पनीहरुले भदौ मसान्तमा ८७ करोड ७३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन्। जसमा गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स एक्लैले ५३ करोड ८९ लाख आर्जन गरेको छ भने दोस्रोमा रहेको आइसीएफसी फाइनान्सले ८ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको छ। 

१७ मध्य ४ वटा फ़ाइननस कम्पनी मात्रै गत आर्थिक वर्षको यस अवधिसंगको तुलनामा नाफामा देखिएका छन्। 

70
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका