जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एनसीसी बैंक र सुमेरु सिटी अस्पतालबीच सम्झौता

एनसीसी बैंक र सुमेरु सिटी अस्पतालबीच सम्झौता

नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको छ । यसै क्रममा ललितपुरमा अवस्थित सुमेरु सिटी अस्पतालमा यस बैंकका ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ ।  

यस सम्झौता मार्फत बैंकका ग्राहकहरुले ललितपुरमा अवस्थित सुमेरु सिटी अस्पतालमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्पmत भुक्तानी गर्दा ओपीडी टिकट, बेड चार्ज, ल्याब टेस्ट, एक्स–रे, इसीजी, इन्डोस्कोपी÷कोलोनोस्कोपी, युएसजी/ईईजी/सीटी स्क्यान÷पीएफटी र अन्य डायग्नोस्टिक परीक्षण र औषधिमा १० प्रतिशत प्राप्त हुनेछ । 

यसैगरी एनसीसी बैंक तथा सुमेरु अप्टिकल, पुल्चोक र कृति अप्टिकल, भैंसीपाटी बीच द्विपक्षीय सम्झौता भएको छ । अप्टिकलले एनसीसी बैंकको बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्पmत भुक्तानी गर्र्दा अप्टिकल्स सामागी्रमा ३० प्रतिशत, ओपीडी शुल्कमा २० प्रतिशत र अन्य क्लिनिकल शुल्कमा १० प्रतिशत छुट प्राप्त हुनेछ । 

देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ । 

3635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका