जोडिनुहोस
बुधबार, कार्तिक ७, २०८१
बुधबार, कार्तिक ७, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकको नाफा ४६.४० प्रतिशतले बढ्यो

कामना सेवा विकास बैंकको नाफा ४६.४० प्रतिशतले बढ्यो

चालु आर्थिक वर्षको तीन महिनामा कामना सेवा विकास बैंकको नाफा ४६.४० प्रतिशतले बढेर १७ करोड ४९ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।

गत आवको सोही अवधिमा बैंकको नाफा ११ करोड ९५ लाख २१ हजार रुपैयाँ रहेको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै बैंकको नाफा बढ्न सहयोग पुगेको छ ।

असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ५.६७ प्रतिशतले बढेर ५१ करोड ८७ लाख ४१ हजार रुपैयाँ पुगेको छ । यस्तै
संचालना नाफा ४२.५६ प्रतिशतले बढेर २५ करोड ६७ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २० करोड ९८ लाख ४४ हजार रुपैयाँ रहेको छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार र जगेडा कोषमा १ अर्ब ६९ कोड ३२ लाख २६ हजार रुपैयाँ छ ।

६० अर्ब ७५ करोड ५३ लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४७ अर्ब ४० करोड ६७ लाख ११ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

हाल बैंकको प्रतिसेयर आम्दानी (इपिएस) १९ रुपैयाँ ९४ पैसा छ । गत आवको सोही अवधिमा १४ रुपैयाँ ५७ पैसा रहेको थियो । बैंकको खराब कर्जा ३.९६ प्रतिशत रहेको छ । जुन गत आवको सोही अवधिमा ३.४८ प्रतिशत रहेको थियो ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?