जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • हलभित्र मारवाडी समूदायमाथि हमला, हलबाहिर दुर्गा प्रसाईंमाथि आक्रमण

हलभित्र मारवाडी समूदायमाथि हमला, हलबाहिर दुर्गा प्रसाईंमाथि आक्रमण

विवादास्पद व्यवसायी दुर्गा प्रसाईंमाथि कालोमोसो दलिएको छ । सोमबार काठमाडौंस्थित एलोप्यागोडा होटलमा केही युवाले प्रसाईंमाथि कालोमोसो दलेका हुन् ।

प्रसाईंले होटलको हलभित्र यूट्युवर सम्मेलन गरी मारवाडी समूदायलाई हिलो छ्याप्ने काम गरेका थिए । त्यसपछि बाहिर निस्कँदै गर्दा केही युवाहरुले उनीमाथि कालोमोसो दलेका थिए ।

प्रसाईंले यूट्युवर सम्मेलनमा विशाल ग्रुप, त्रिवेणी ग्रुप, गोयल ग्रुपमाथि विभिन्न आरोप लगाएका थिए । विशाल ग्रुप, त्रिवेणी ग्रुप, गोयल ग्रुपले व्यापारको नाममा तस्करी गर्दै आएको, राज्यलाई कर नतिर्ने गरेको, बालमन्दिर, पशुपति विकास क्षेत्र लगायतको सार्वजनिक सम्पत्ति हडपेको, व्यवसायिक साझेदारसँग विवाद गरेर उनीहरुको सम्पत्ति कब्जा गरेको जस्ता आरोप लगाएका थिए ।

उक्त सम्मेलनमा प्रसाईंलाई साथ दिन राकेश अडुकिया, बैद्यनाथ अग्रवाल, रमेश अग्रवालले मञ्चमा बसेका थिए । कार्यक्रममा विशाल ग्रुप, त्रिवेणी ग्रुप, गोयल ग्रुपका मुख्य पात्रहरुको फोटोहरुसहित विभिन्न आरोप पेपर प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रम सकेर निस्केका प्रसाईं होटल परिसरबाट निस्कनै लाग्दा कालोमोसो दलिएको थियो । कालोमोसो दल्ने युवाहरुले प्रसाईं मेडिकल माफिया रहेको र मारवाडी समुदायमाथि धावा बोलेकोले कालोमोसो दलेको बताउँदै थिए ।

साथै, युवाहरुले दुर्गा प्रसाईं मुर्दावाद भन्दै नारा समेत लगाएका थिए । दुर्गा प्रसाईले बैंकबाट लिएको अर्बौं ऋण नतिरेको, दुवाईबाट सुन तस्करी गर्ने गरेको आरोप उनीहरुले लगाएका छन् ।

कालोमोसो दलिएपछि प्रसाईं सर्ट खोलेर भित्रि वस्त्रमा अनुहार छोप्दै होटलभित्र प्रवेश गरेका थिए । प्रसाईं आफैंले विगतमा बैंक तथा वित्तीय संस्था र लघुवित्त संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषणा गरेका थिए । र, विभिन्न जिल्लामा बैंकका कर्मचारीमाथि कालोमोसो दलेका थिए ।

प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान घोषणा गरेर विभिन्न व्यवसायीहरुलाई लक्षित गर्दै विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् । साथै, उनले मारवाडी समुदायलाई लक्षित गर्दै सामाजिक सद्भाव भड्काउने गरी आपत्तिजनक शब्द बोल्दै आएका छन् ।प्रसाइले सामाजिक सद्भाव भड्काउने गरी आपत्तिजनक विचार व्यक्त गर्दै गर्दा त्यसलाई यूट्युवरहरूले उच्च प्राथमिकता दिने गरेका छन् ।

880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका