जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • बैंकहरूको औसत आधार दर ७.३४ प्रतिशत

बैंकहरूको औसत आधार दर ७.३४ प्रतिशत

आर्थिक वर्ष २०८०/०८१ मा वाणिज्य बैंकहरुको आधार दर औसतमा ९.९८ प्रतिशत रहेकोमा चालु आवको असोज मसान्तसम्म ७.३८ प्रतिशतमा झरेको छ । सबै वाणिज्य बैंकहरुको आधार दर ९ प्रतिशत तल आइपुगेको छ ।

स्टाण्डर्ड चार्टर्डको आधार दर सबैभन्दा तल रहेको छ । यस बैंकको आधार दर ५.७१ प्रतिशतमा झरेको छ । सबैभन्दा धेरै एनआईसी एशिया बैंकको आधार दर ८.३७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष चैतमा ११ वटा बैंकको आधार दर दाहोरो अंकमा थियो । ७ बैंकको पनि ९ प्रतिशत भन्दा तल आउन सकेको थिएन ।

कुन बैंकको कति आधार दर ?

बैंक२०८१ असोजको बेसरेट२०८० असोजको बेसरेट
नबिल७.०२९.५८
नेपाल इन्भेष्टमेन्ट मेगा७.०८९.९५
स्ट्यान्डर्ड चार्टर्ड५.७१८.४२
हिमालयन८.३५१०.८६
नेपाल एसबिआई७.७२१०.२५
एभरेष्ट६.८९.७०
एनआईसी एसिया८.३७१०.५६
माछापुच्छ्रे७.६११०.०१
लक्ष्मी सनराइज७.७९१०.८०
कुमारी७.४८१०.९१
सिद्धार्थ७.५८९.५३
सानिमा७.२४९.७५
एनएमबि७.४९९.८५
प्रभु७.६५१०.१४
ग्लोबल आइएमई७.२९१०.०७
सिटिजन्स७.९२१०.६०
प्राइम कमर्सियल७.९२१०.६४
कृषि विकास७.०७१०.३८
नेपाल६.७२९.१९
राष्ट्रिय वाणिज्य६.०५८.३२
औसत७.३४९.९८

275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?