जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कुमारी बैंक र रोडीयो क्याफेबीच सहकार्य

कुमारी बैंक र रोडीयो क्याफेबीच सहकार्य

कुमारी बैंक लिमिटेड र खुसिबू, काठमाडौंस्थित रोडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेडबीच आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य र रोडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेडका निर्देशक सुचित्रा महर्जनले हस्ताक्षर गर्नुभएको छ । सो सम्झौता बमोजिम कुमारी बैंकका ग्राहकवर्गले खुसिबस्थित रोेडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेडका विभिन्न आउटलेट तथा खानपिनमा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रियशील राख्न लगायत शारीरिक स्फूर्ति एवं मानसिक उर्जा र सचेतना पूर्णजागरणका लागी विश्राम अत्यावश्यक रहेको छ । सोही कुरालाई मध्यनजर गर्दै, कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत रोडीया क्याफ एण्ड बार प्राइभेट लिमिटेडका विभिन्न सेवाहरुमा बैंकका डेबिट\क्रेडिट कार्ड ग्राहकवर्गलाई आकर्षक छुटको व्यवस्था गरेको हो ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७३ एटिएम, ३३ शाखारहित बैंकिङ्ग ईकाई तथा १४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

4025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका