जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • बैंकहरुको निक्षेप संकलन घट्योः सीडी रेसियो कति ?

बैंकहरुको निक्षेप संकलन घट्योः सीडी रेसियो कति ?

बैंकहरुको निक्षेप संकलन घटेको छ । नेपाल राष्ट्र बैंकको कात्तिक ५ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ३३ अर्ब निक्षेप संकलन भएको छ ।

कात्तिक ४ गते बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ३७ अर्ब निक्षेप संकलन भएको थियो । यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पनि ३ अर्बले घटेको देखिएको छ ।

कात्तिक ४ गते ५९ खर्ब २ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकले ५ गते ५८ खर्ब ९९ अर्ब रुपैयाँ रकम बराबरको निक्षेप संकलन गरेका छन् ।

सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा झिनो सुधार देखिएको । कात्तिक ४ गते ५२ खर्ब ६९ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले ५ गते ५२ खर्ब ७० अर्ब कर्जा प्रवाह गरेका छन् ।

सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाहमा पनि १ अर्बले बढेको छ । गत कात्तिक ४ गते ४६ खर्ब ६३ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले ५ गते ४६ खर्ब ६४ अर्ब बराबरको कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ । राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो ७८.११ प्रतिशत कायम भएको देखाएको छ ।

350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका