जोडिनुहोस
शनिबार, कार्तिक १०, २०८१
शनिबार, कार्तिक १०, २०८१
  • होमपेज
  • बैंकिङ प्रणालीबाट एकैदिन १२ अर्ब बाहिरियो

बैंकिङ प्रणालीबाट एकैदिन १२ अर्ब बाहिरियो

बैंकिङ प्रणालीबाट एकैदिन १२ अर्ब रुपैयाँ बाहिरिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कात्तिक ७ गते एकैदिन बैंक तथा वित्तीय संस्थाको १२ अर्ब रुपैयाँ निक्षेप घटेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६६ खर्ब २६ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिन कात्तिक ६ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६६ खर्ब ३८ अर्ब रुपैयाँ थियो।

कात्तिक ७ मा वाणिज्य बैंकहरुको मात्रै निक्षेप ११ अर्ब रुपैयाँले घटेको छ। अघिल्लो दिनसम्म ५९ खर्ब ३ अर्ब रुपैयाँ कुल निक्षेप रहेको वाणिज्य बैंकहरुको कात्तिक ७ मा घटेर ५८ खर्ब ९२ अर्ब रुपैयाँमा झरेको छ।

कात्तिक ७ मा बैंक तथा वित्तीयहरुको कर्जा लगानी भने १ अर्ब रुपैयाँले बढेर ५२ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ५२ खर्ब ७० अर्ब रुपैयाँ थियो। कात्तिक ७ मा बैंकहरुको औसत सीडी रेसियो बढेर ७८.२२ प्रतिशत र अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका