जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • विदेशमा रहेका नेपाली उद्धारका लागि एनएसी र हिमालय एयरलाइन्स प्रयोग गर्ने, भाडादर पनि तोकियो

विदेशमा रहेका नेपाली उद्धारका लागि एनएसी र हिमालय एयरलाइन्स प्रयोग गर्ने, भाडादर पनि तोकियो

सरकारले अलपत्र परेका नेपाली नागरिक स्वदेश फर्काउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम, निजी विमान कम्पनी हिमालय एयरलाइन्स र विदेशी वायुसेवा कम्पनीको जहाज प्रयोग गर्ने भएको छ।

अलपत्र परेका नेपालीका लागि सरकारले बिहीबारदेखि ‘रेस्क्यु फ्लाइट’ गर्दैछ। विभिन्न मुलुकले आफ्नै खर्चमा नेपाली नागरिक स्वदेश फर्काउन चाहेमा विदेशी जहाज समेत प्रयोग गर्न सक्ने पर्यटन मन्त्रालयले जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईको संयोजकत्वमा बसेको बैठकले जहाज र भाडादरको निर्णय गरेको हो।

स्रोतका अनुसार उद्धार उडान गर्ने वायुसेवा कम्पनीको संचालन खर्चलाई मध्य नजर गर्दै भाडादर कायम गरिएको छ। मन्त्रालयले पहिलो चरणमा ११ जुनदेखि जुन २५ गतेसम्मका लागि उडान तालिका समेत तय गरेको स्रोतले जनाएको छ।

मन्त्रालयको निर्णय अनुसार दुई सातामा ६७ वटा उडान हुनेछ। स्रोतका अनुसार नेपाल वायुसेवा निगमको २४, हिमालय एयरलाइन्स १९ र विदेशी २४ वटा उडान हुने गरी तालिका तय भएको छ। मन्त्रालयले न्यूनतम भाडा एक सय ६५ डलर बंगलादेशको लागि तोकेको छ भने अधिकतम भाडा बढी लन्डनका लागि १३ सय ४० डलर तोकेको छ।

फ्रयाङ्कफर्ट-काठमाडौं उडानका लागि १२ सय ५५ डलर भाडादर निर्धारण भएको छ। वायुसेवा कम्पनीले यात्रु ल्याउँदा ८५ प्रतिशत अकुपेन्सी अनिवार्य कायम हुनुपर्नेछ।

उडान गर्ने यात्रुसँग पिसिआर वा आरटिडी परीक्षणमा नेगेटिभ भएको प्रमाणपत्र अनिवार्य हुनुपर्नेछ।

10780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका