रेमिटेन्स
सिटी एक्सप्रेस मनी ट्रान्सफर स्मार्ट पेमा जोडियो, स्मार्ट च्वाइस टेक्नोलोजिजसँग सम्झौता
0 टिप्पणी
स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच स्मार्ट पेमार्फत अन्तर बैंक भुक्तानी सेवा सञ्चालनको सम्झौता भएको छ।
स्माट च्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सिटी एक्सप्रेस मनी ट्रान्सफरका निर्देशक कृष्णराज पौडेलले सम्झौतामा हस्हताक्षर गरेका छन्।
सम्झौता अनुसार सिटी एक्सप्रेस मनी ट्रान्सफरका ग्राहक र एजेन्टले आफ्नो बैंक खातामा स्मार्ट पेमार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्नेछन् ।
दुई दशकदेखि कार्ड, क्यूआर, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ लगायत भुक्क्तानीका विभिन्न सेवा दिंदै आएको स्मार्ट च्वाइस टेक्नोलोजिजले स्मार्ट पे ब्राण्डमा अन्तर बैंक भुक्तानी सेवा यसैवर्ष सुुरु गरेको हो।