जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • युनाइटेड इन्स्योरेन्सको खुद नाफा ३३५ प्रतिशत बढ्यो

युनाइटेड इन्स्योरेन्सको खुद नाफा ३३५ प्रतिशत बढ्यो

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म युनाइटेड इन्स्योरेन्स कम्पनीले रू.५ करोड २७ लाख ५७ हजार खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १ करोड २१ लाख ३० हजार यो नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ३३५ प्रतिशत बढेको हो । यस वर्ष कम्पनीको आम्दानी गत वर्षभन्दा २०४ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष रू. ३ करोड २२ लाख आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ९ करोड ८२ लाख आम्दानी गरेको हो ।

यस वर्ष कम्पनीले रू. ८७ करोड ८६ लाख ९८ हजार कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन रकम ७१ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष कम्पनीले रू. ५१ करोड २१ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो ।
हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब २ करोड ८१ लाख रहेको छ भने जगेडा कोष रकम रू. ११ करोड १८ लाख ७२ हजार कायम भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ दशमलव १३ र प्रतिशेयर नेटवर्थ रू. १४४ दशमलव ०१ रहेको छ ।

7640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका