जोडिनुहोस
शनिबार, पुस ६, २०८१
शनिबार, पुस ६, २०८१
  • होमपेज
  • निर्जीवन बीमा कम्पनीहरुको नाफामा छलाङ्गः करिब १२ अर्ब प्रिमियम संकलनः पहिलो सगरमाथा लुम्बिनी, दोस्रो सिद्धार्थ प्रिमियर, तेस्रो शिखर इन्स्योरेन्स, चौथो हिमालयन एभरेष्ट इन्स्योरेन्स!

निर्जीवन बीमा कम्पनीहरुको नाफामा छलाङ्गः करिब १२ अर्ब प्रिमियम संकलनः पहिलो सगरमाथा लुम्बिनी, दोस्रो सिद्धार्थ प्रिमियर, तेस्रो शिखर इन्स्योरेन्स, चौथो हिमालयन एभरेष्ट इन्स्योरेन्स!

नेपालका निर्जीवन बीमा कम्पनीहरुले व्यापारमा छलाङ्ग मारेका छन् भन्दा अब फरक पर्दैन ।सबै भन्दा बढि ब्यापार चक्की श्रेष्ठ सीइओ रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गरेको छ । दोस्रोमा वीरेन्द्र बहादुर बैदवार क्षेत्री सिइओ रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले व्यापार गरेको देखिन्छ । तेस्रोमा दिप प्रकाश पाण्डे सिइओ रहेको शिखर इन्स्योरेनस कम्पनीले गरेको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यबाटै प्रस्ट देखिन्छ । चौथोमा अन्जु श्रेष्ठ महिला सिइओ रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले व्यापारमा छलाङ्ग मारेको देखिन्छ । भन्दा फरक पर्दैन ।

निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष पहिलो त्रैमासमा ११ अर्ब ५७ करोड रुपैयाँ प्रिमियम आर्जन गरेका छन् । कम्पनीहरुले यो वर्ष असोज मसान्तसम्म गरेको व्यापार पोहोर तीन महिनाको तुलनामा १०.७० प्रतिशत धेरै हो । निर्जीवन बीमा कम्पनीले पोहोर पहिलो त्रैमासमा १० अर्ब ४५ करोड रुपैयाँ प्रिमियम आर्जन गरेका थिए ।

निर्जीवन कम्पनीहरुले बीमा लेख ७.८२ प्रतिशतले वृद्धि गरेका छन् । गत वर्ष पहिलो त्रैमासमा ६ लाख ८४ हजार बीमा पोलिसी बिक्री गरेका कम्पनीले यो वर्ष ७ लाख ३७ हजार पोलिसी जारी गरेका छन् । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा धेरै १ अर्ब ४३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार ४ वटा इन्स्योरेन्सको व्यवसाय घटेको छ । प्रभु, हिमालयन एभरेष्ट, सानिमा जीआईसी र युनाइटेड अजोड इन्स्योरेन्सको व्यापारमा गिरावट आएको छ भन्दा अब फरक पर्दैन । सचेत भया ।

360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका