जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नेको इन्स्योरेन्सको साधारण सभा चैत ९ गते, लाभांश पारित गर्ने

नेको इन्स्योरेन्सको साधारण सभा चैत ९ गते, लाभांश पारित गर्ने

नेको इन्स्योरेन्सले कम्पनीले २६औं वार्षिक साधारण सभाको मिति तोकेको छ ।

कम्पनीको फागुन १६ गते बसेको बैठकले २६औं वार्षिक साधारण सभाको मिति तय तय गरेको हो ।

उक्त साधारण सभा चैत ९ गते बुधबार कम्पनीको केन्द्रीय कार्यालय, बीमा भवन ज्ञानेश्वरमा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

सभाले लाभांश प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु समेत पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले चैत १ गते एक दिनका लागि बुकक्लोज मिति तोकेको छ । जसअनुसार सोभन्दा अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

5000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका