जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • रेड नोटिस जारी भएकी विनु कम्बोडियाबाट पक्राउ

रेड नोटिस जारी भएकी विनु कम्बोडियाबाट पक्राउ

वैदेशिक रोजगार ठगी लगायत मुद्दामा फरार प्रतिवादी विनु शाक्य पक्राउ परेकी छन्। इन्टरपोलबाट १० महिनाअघि रेड नोटिस जारी भएकी सिन्धुपाल्चोक मान्खाकी विनु कम्बोडियाबाट पक्राउ परेकी हुन्।

सम्बन्धित मुद्दामा कारबाही गर्न आइतबार नेपाल ल्याइएकी उनलाई प्रहरी वृत्त कालीमाटीमा राखिएको छ।

उनले रोजगारीका लागि सिंगापुर पठाइदिन्छु भनी उदयपुर त्रियुगा नगरपालिका-१० का सुजन आचार्यसँग मिलेर ४० भन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगेकी थिइन्।

रकम ठगेर फरार भएपछि विनु र सुजनविरुद्ध गत माघ १९ गते रेड नोटिस जारी भएको थियो। सुजन यसअघि नै पक्राउ परेका थिए। उनलाई कात्तिक ९ गते नेपाल ल्याइएको थियो।

1615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका