जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • चाँदीका नक्कली नोटसहित इन्द्र ज्वेलर्सका सञ्चालक पक्राउ

चाँदीका नक्कली नोटसहित इन्द्र ज्वेलर्सका सञ्चालक पक्राउ

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित इन्द्र ज्वेलर्सका सञ्चालक सोहिल शाक्यलाई नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले शाक्यलाई उनकै पसलबाट मंगलबार पक्राउ गरेको हो । भक्तपुर नगरपालिका–७ घर भएका ३० वर्षीय शाक्यबाट १ हजार र ५ सय दरका नोट जस्तो देखिने चाँदीका नक्कली नोटहरु बरामद गरिएको सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए ।उक्त नोट नेपाल राष्ट्र बैंकबाट निकालिएको हो भन्दै भ्रममा पारेर उनले कारोबार गर्र्ने गरेको प्रहरीले जनाएको छ ।

उनीबाट १ हजार दरका श्री ९९९९ लेखिएका ४८ थान, १ हजार दरकै एसडी ०००००० लेखिएका ४० थान, १ हजार दरकै ट ५६८२१३८३ लेखिएका २५ थान र ५ सय दरको श्री ९९९९ लेखिएका २८ थान नोट बरामद गरिएको सीआईबीले जनाएको छ ।

220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?