जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • हिमालयन बैंकबाट फन्ड ट्रान्सफर गर्दा मोबाइल फोन ‘अफर’

हिमालयन बैंकबाट फन्ड ट्रान्सफर गर्दा मोबाइल फोन ‘अफर’

हिमालयन बैंकले कनेक्ट आईपीएससँगको सहकार्यमा मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैकिङ प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैंकिङ (एचआई-एमबी) एपबाट अन्तरबैंक फन्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् ।

यो अफर भदौ १ देखि ३१ सम्म लागू हुनेछ । मोबाइल बैंकिङ एपबाट फन्ड ट्रान्सफर गर्ने दुई जना प्रयोकर्तालाई अफरको अन्त्यमा लकी ड्र मार्फत विजेता छनोट गरिने बैंकले जनाएको छ । विजेताको घोषणा हिमालयन बैंकको आधिकारिक सामाजिक सञ्जालमा प्रकाशन गरिनेछ ।

फन्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैंकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले बैंकका ग्राहकलाई फन्ड ट्रान्सफरमा आधारित सेवा लिन थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।

एचआई-एमबीको फन्ड ट्रान्सफर रिटेल पेमेन्ट स्विच/कनेक्ट आईपीएसको च्यानल प्लेटफर्ममार्फत हुने गरेको छ र उक्त माध्यमबाट फन्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएसमा छुट्टै रजिस्टर गर्न आवश्यक नरहेको बैंकले जनाएको छ ।

बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० मा यस च्यानलमार्फत १ करोड ४७ लाखभन्दा बढी भुक्तानी भइसकेको छ । मोबाइल बंैकिङमार्फत प्रयोगकर्ताले प्रतिदिन दुई लाख रुपैयाँको कारोबार गर्न सक्नेछन् । हिमालयन बैंकको एचआई-एमबी एपमा हाल १ लाख ७० हजारभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता छन्

1250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका