

कामना सेवा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रमअन्तर्गत सोमवार वित्तीय साक्षरतामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । कर्जा, बचत तथा बैंकिङ सेवा सुविधा जस्ता विषयसम्बन्धी ज्ञान प्रदान गर्ने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
बैंकका कर्मचारीहरुको उपस्थितीमा उक्त प्रभातफेरी कार्यक्रम बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वरदेखि मैतीदेवी मन्दिर, डिल्लीबजार, नक्साल भगवती मन्दिर हुँदै पुनः बैंकको केन्द्रीय कार्यालयसम्म भएको थियो ।
यस प्रभातफेरी कार्यक्रमको माध्यमबाट समुदायका सदस्यहरुलाई वित्तीय व्यवस्थापन र आर्थिक अवसरहरुको बारेमा बुझ्न मद्दत पुर्याउने बैंकले विश्वास लिएको जनाएको छ ।
उक्त कार्यक्रममा बैंकका उच्च व्यवस्थापन, विभागिय प्रमुखहरु, शाखा प्रबन्धकहरु तथा अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो । बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको दिन २७ गते मंगलबार देशव्यापी रुपमा रक्तदान कार्यक्रमको समेत आयोजना गर्दैछ ।