जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको ऋणपत्र बाँडफाँट

महालक्ष्मी विकास बैंकको ऋणपत्र बाँडफाँट

महालक्ष्मी विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँट भएको छ । बैंकले चैत २९ गतेदेखि वैशाख ४ गतेसम्म विक्री गरेको रू. १ अर्ब बराबरको ऋणपत्र बाँडफाँट गरेको हो ।

बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदर रहेको ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ नामको ऋणपत्र निष्काशन गरेको थियो । बैंकले प्रतिऋणपत्र रू. १ हजार अंकित दरका रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात रू. ६० करोड बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिएको हो भने ४० प्रतिशत अर्थात रू. ४० करोड बराबरको ४ लाख कित्ता सामूहिक लगानीकोष समेत सर्वसाधारणमा बाँडफाँट गरिएको हो

२० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएर बाँकी ३ लाख ८० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई वैशाख १२ गते ऋणपत्र बाँडफाँट गरिएको हो । ऋणपत्र विक्री प्रबन्धकमा एनआईसी एशिया बैंक लिमिटेड रहेको छ । ऋणपत्रको ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने बैंकको भनाई छ ।

1330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका