जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • १५ दिन भित्र वक्यौता नतिरे लाइन काट्ने कुलमानको चेतावनी

१५ दिन भित्र वक्यौता नतिरे लाइन काट्ने कुलमानको चेतावनी

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरु दिन बाँकी रहेको वक्यौता रकम उठाएरै छोेड्ने प्रतिबद्दता जनाएका छन् । बुधबार पत्रकार सम्मेलनमा बोल्दै घिसिङले २८ उद्योगले १५ दिन भित्र वक्यौता रकम नदिए पुनः लाइन काट्ने उद्धघोष गरेका हुन् । कानुन बमोजिम वक्यौता रकम उठाउन आफु बिचलित नहुने उनले बताए । उनले भने, ‘कानुन बमोजिम वक्यौता रकम उठाएरै छोड्छु । म बिचलित हुने छैन । सबैको सहयोग आवश्यक छ ।’

‘२८ उद्योगहरुले १५ दिन भित्र वक्यौता नदिएको खण्डमा फेरी आफ्नै प्रक्रियामा अघि बढ्नेछ । किस्ताबन्दी अन्तर्गत पहिलो किस्ता बुझाउनेलाई लाइन जोडि सकेका छौं’ उनले भने, ‘हामीले गरेको बिल बुझाएन भने हामी आफ्नो प्रक्रियामा लाग्छौं । नेपाल सरकारले पनि भनि सकेको छ १५ दिन भित्रै बक्यौता रकम दिनु भनेर । नेपाल सरकार र उर्जा मन्त्रालयको पनि जिम्मेवारी हुने भएकाले वक्यौता उठ्ने विश्वास लिएका छौं । यसअघि ३ महिनाको समय दिएका थियौं । अहिले फेरी १५ दिनको समय नेपाल सरकारले दिने भनेको छ ।’ वक्यौता रकम उठ्नु पर्ने विषय नियामकको मात्र सरोकारको विषय मात्रै नभइ आम सर्वसाधारणको विषय रहेको घिसिङले बताए । उनले भने, ‘वक्यौता रकम उठाउने विषय नियामकमा मात्रै सिमित भएन । यो आम जनसागरको विषय हो ।’

लाइन काट्ने फेरी जोड्ने र वक्यौता नउठाउने तिर लाग्नु भन्दा समाधानको बिन्दु तिर लाग्नु पर्ने उनले बताए । ‘समाधानको अन्तिम बिन्दुमा आइसकेको थियो तर नेपाल सरकारको निर्देशनले १५ दिन समय थप भएको छ । उद्योगको वातावरणलाई बढवा दिनु पर्नेमा लाइन काट्न लागेको विषयको गुनासो झुटो हो । औधोगिक वातावरण सिर्जना गर्ने गरी विद्युत प्राधिकरण पहिलेदेखि लागि परेको छ’ घिसिङले भने । अहिले उद्योगीहरुले वक्यौताको नाममा राजनीतिकरण गरेको कुलमानको आरोप रहेको छ । ‘राजनीतिकरण गर्ने तिर उद्योगी ब्यवसायी लागेका छन् । वक्यौता दिनुभन्दा उद्योगिहरु राजनीति गर्नेतिर लागे पछि समस्या उत्पन्न भएको छ ।’ उनले भने, ‘उद्योगीहरु सरकारलाई समेत इमोसन ब्लयामेल गर्ने तिर लागे । तिर्नु पर्ने रकम जसरी भएपनि तिर्नु पर्दछ ।’

लोडसेटिङको बेला समेत लाइन प्राप्त गरेर नाफा गर्ने अहिले नदिने भन्ने विषय नियमसंगत नभएको कुलमानको तर्क छ । उनले अन्य उद्योगहरुले धमाधम वक्यौता दिएर काम गरी रहेका बेला केहि उद्योगले समस्या ल्याउन सहि नभएको उनको भनाइ छ । उद्योगिले वक्यौता नदिएर वित्तीय अवस्थालाई ठुलो धक्का दिने देखिएको उनले बताए । ‘ठुला उद्योगी घरनाको लाइन जोड्दै जाने तर कसैले एक हजार नदिदैमा लाइन काट्ने भन्ने आवाज उठि रहेका छन् । सोहि कारण रकम संकलन समेत घट्दो क्रममा रहेको छ । लाइन काट्न जाँदा कर्मचारी माथि कुटपिट हुने गरेको छ । प्राधिकरणका वित्तीय अवस्था निकै नाजुक अवस्थामा पुग्ने अवस्था छ ।’

‘हाम्रो बिल सहि छ । सहि छैन भनेर उद्योगि साथीहरु अदालत जानु भएको थियो । सबै नियामक जाँदा मुद्धा खारेज भएको छ । करिब ९० मुद्धा खारेज भएको छ । सबै नियामकले हाम्रो बिल सहि भनेको छ ।’ उनले भने, ‘उद्योगीहरुले अर्थतन्त्रमा गरेको योगदानको सम्मान गर्दछु । मैले राजस्व उठाउने र देश जनताको हित बाहेक कुनै ब्यक्तिगत स्वार्थ छैन ।’ कुलमानले के मैले राजस्व उठाउनु राजनीति गरेको हुन्छ भन्दै प्रश्न समेत गरे । ‘संस्थाको राजस्व उठाउनु रोज्दा नाजायज विषय हो ? मैले संस्थाको नियममा रहेर काम गरेको छु’ उनले भने ।

265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका