जोडिनुहोस
सोमवार, पुस ८, २०८१
सोमवार, पुस ८, २०८१
  • होमपेज
  • नेपाल लाइफको नाफा ३० प्रतिशत वृद्धि, प्रति सेयर आम्दानी १०.१ रुपैयाँ

नेपाल लाइफको नाफा ३० प्रतिशत वृद्धि, प्रति सेयर आम्दानी १०.१ रुपैयाँ

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष पहिलो त्रैमासमा २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले गत वर्ष तीन महिनाको तुलनामा खुद नाफा ३०.०६ प्रतिशत वृद्धि गरेको हो।

इन्स्योरेन्सले पोहोर तीन महिनामा १५ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीको व्यापार र आम्दानी वृद्धि हुँदा खुद नाफामा सुधार आएको हो।

खुद बीमा शुल्क आर्जन ९.१४ प्रतिशत बढेर ११ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। गत वर्ष तीन महिनामा कम्पनीले १० अर्ब ८२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो।

कम्पनीको आम्दानी १४.३० प्रतिशत बढेर १७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो आम्दानी १५ अर्ब ७२ करोड रुपैयाँ थियो। इन्स्योरेन्सको प्रति सेयर आम्दानी १०.१ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १३१.९९ रुपैयाँ छ।

कम्पनीको हाल चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ छ।

280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?