जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाइयो

धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाइयो

नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आवेदन दिएका तीन जनालाई व्यावसायीक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि पुनः बोलाइएको छ । बोर्ड अध्यक्ष सिफारिस समितिको कात्तिक २८ गतेको निर्णयअनुसार छुटेका ३ जनालाई अन्तर्वार्तामा बोलाइएको हो । समितिले सर्टलिस्टमा परेका नेपाल स्टक एक्सचेञ्ज नेप्सेका सीईओ कृष्ण बहादुर कार्की, तत्कालीन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं र धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारीलाई बोलाएको हो ।

बोर्ड अध्यक्ष नियुक्त गर्न छनोट समितिले ५ जनाको नाम तयार पारेको थियो । तीमध्ये सन्तोष नारायण श्रेष्ठ र धितोपत्र बोर्डका अर्का कार्यकारी निर्देशक मुक्ती श्रेष्ठले अन्तर्वार्ता दिइसकेका छन् । बोर्डमा अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले बिहीबार सूचना जारी गर्दै उनीहरूलाई मंसिर ९ गते बिहान ८ बजे अर्थ मन्त्रालयमा बोलाएको हो ।

यसअघि असोज १८ गते यी ३ जनालाई अन्तर्वार्तामा बोलाइएको भए पनि सिफारिस समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारी अस्वस्थ बनेपछि बनेपछि धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृया रोकिएको थियो । धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव प्राप्त गरेको छ ।

अध्यक्ष नियुक्त गर्न नसकेपछि समितिले महान्यायाधिवक्ताको कार्यालयसँग लिखित सुझाव मागेको थियो । बिहीबार अर्थ मन्त्रालयमार्फत महान्याधिवक्ताको कार्यालयलाई पत्र पठाइएकोमा उक्त पत्रको जवाफ कार्यालयले मन्त्रालयमा पठाएको छ ।
बोर्डको अध्यक्षका लागि आवेदन दिएका ५ जना मध्ये तीन जना अन्तर्वार्ता तथा प्रस्तुतिका लागि उपस्थित नभएपछि समस्या देखिएको थियो ।

अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गर्न ३ जना चाहिने कानुनी व्यवस्था छ । २ जनाले मात्रै अन्तर्वार्ता दिएका कारण बोर्ड अध्यक्ष चयन प्रकृया गिजोलिएको थियो । समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थ सचिव र एक जना विज्ञ सदस्य रहेका छन् ।

190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका