जोडिनुहोस
शनिबार, मंसिर १, २०८१
शनिबार, मंसिर १, २०८१

हालको खबर

  • होमपेज
  • १२ करोड भन्दा बढि रकम अनियमितता गरेकी सार्वजनिक लेखा समितिका सभापति पोखरेलकी श्रीमती अञ्जलामाथी किन भएन छानवीन !

१२ करोड भन्दा बढि रकम अनियमितता गरेकी सार्वजनिक लेखा समितिका सभापति पोखरेलकी श्रीमती अञ्जलामाथी किन भएन छानवीन !

नेकपा एमालेका सांसद एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलसंग जोडिएको उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष सहित १० जनालाई पक्राउ पुर्जी जारी भएपनि लेखा समितिका सभापति पोखरेलकी श्रीमती अन्जला कोइरालालाई छावीन समेत नगरिएको भन्दै सहकारी पीडितहरुले गुनासो गरेका छन् । लेखा समितिका सभापति पोखरेलकी श्रीमती अन्जलाले सहकारीको संचालक सदस्यरहेको बखत १२ करोड भन्दा बढि रकम अनियमितता गरेको पीडितहरुकै गुनासो छ भन्दा फरक पर्दैन ।

जिल्ला अदालत मोरङले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल जोडिएको उमागौरी कृषि सहकारी सस्थाका अध्यक्षसहित १० जनालाई पक्राउ पुर्जी जारी गरेको देखिन्छ । पक्राउ पुर्जीमा पोखरेल पत्नी अञ्जला कोइरालाको नाम भने उल्लेख छैन । उनी यो सहकारीको सञ्चालक सदस्य रहेको अवधिमा १२ करोड भन्दा बढी रकम अनियमित भएको खुलेको छ । कोशी प्रदेश सहरकारी रजिष्ट्रार कार्यालयले कारबाहीका लागि सिफारिस गरेका सञ्चालक विरुद्ध प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको हो । प्रहरीले साताअघि मोरङको धनपालथान कर्सिया बजारमा बन्दअवस्थामा रहेको यो संस्थाको कार्यालयमा छापा मापरेर अनुसन्धानका लागि कागजपत्र जफत गरेको थियो ।

संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्म्ण साह, सचिव आलम अन्सारी, कोषाध्यक्ष शम्भुप्रसाद सिंह र सदस्यहरुमा आमोद मण्डल, रोशन राजबंशी, जितमान ठाकुर लेखा समिति संयोजक विजयकुमार यादव सदस्यहरु सुरेन्द्रकुमार राजबंशी र अशोककुमार विश्वासलाई अदालतले पक्राउ आदेश दिएको हो ।कोइराला सञ्चालक समिति सदस्य रहेको यो सहकारीले बुटवलमा केन्द्रीय मुख्यालय रहेको आरएसडिसी लघुवित्तवाट ऋण लिएर नतिरेपछि उक्त लघुवित्तले कोइरालासहित सवै सञ्चालकलाई कालोसूचीमा सूचिकृत गरेको थियो ।

प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले कोइरालाको नाम हटाएर हाल बहालमा रहेका सञ्चालक समितिका अध्यक्ष, पदाधिकारी र सदस्य विरुद्धमात्र कारबाही गर्न प्रहरीलाई सिफारिस गरेको थियो । यो सहकारी संस्थाले विभिन्न वित्तीय सस्थावाट ११ करोड ५६ लाख ७८ हजार ऋण लिएको र २ करोड ३ लाख ५४ हजार रुपैयाँ बचत फिर्ता गर्नुपर्ने देखिएको छ । त्यसैगरी १८ करोड ४९ लाख कुल पूँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा एवं सापटी लगानी रहेको देखाइएको छ । सचेत भया ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका