जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • साङ्ग्रिला डेभलपमेन्ट बैंकको १९औँ वार्षिकोत्सवमा तिलगंगा आँखा अस्पताललाई २ लाख सहयोग 

साङ्ग्रिला डेभलपमेन्ट बैंकको १९औँ वार्षिकोत्सवमा तिलगंगा आँखा अस्पताललाई २ लाख सहयोग 

साङ्ग्रिला डेभलपमेन्ट बैंकले आफ्नो १९ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ । बैंकले बिहान ७ बजे का.म.न.पा वडा नं ४, टुँडालदेवी मन्दिर परिसरको सरसफाइ गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको हो ।

सरसफाइ कार्यक्रममा बैंकका कर्मचारीहरू तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवी काठमाडौंको उत्साहपूर्ण सहभागिता रहेको थियो । मन्दिर परिसरको सरसफाइ पश्चात् बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौँकै प्राङ्गणमा एक कार्यक्रम आयोजनामा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा आँखा अस्पताललाई रकम दुई लाखको आर्थिक सहयोग उपलब्ध गराइएको थियो ।

वार्षिकोत्सव कार्यक्रममा बैंकका अध्यक्ष उज्ज्वल सत्याल लगायत बैंकका सञ्चालकहरू तथा तिलगंगा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङकोसमेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले अस्पतालले प्राप्त गरेको सो रकमको उच्च सदुपयोग हुने विचार व्यक्त गरिन । साथै बैंकको वार्षिकोत्सवकै अवसर पारेर केन्द्रीय कार्यालय बालुवाटार काठमाडौं र नेपालगन्ज क्लष्टर कार्यालयमा गरी जम्मा १३२ जनाले रक्तदान समेत गरे ।

कार्यक्रममा बैंकमा ५ वर्ष भन्दा बढी अवधि काम गरेका कर्मचारीहरूलाई एक्सेलेन्स अवार्ड वितरण तथा केक कटिङसमेत गरिएको थियो । बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले बैंकको १९औँ वार्षिकोत्सवले थप ऊर्जा प्रदान गरेको आगामी दिनमा बैंकलाई उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।

710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका