जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • बैंकहरुमा समस्या पन्छाउने प्रवृत्ति बढेको गभर्नरको गुनासो, ‘हाम्रो बैंकिङमा रोग बढ्दै गइरहेको छ’

बैंकहरुमा समस्या पन्छाउने प्रवृत्ति बढेको गभर्नरको गुनासो, ‘हाम्रो बैंकिङमा रोग बढ्दै गइरहेको छ’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुमा समस्या पन्छाउने प्रवृत्ति बढेको बताएका छन्।उनले शुक्रबार नेपाल बैंकको ८८औं वार्षिकोत्सव कार्यक्रममा तल्लो तहबाट हुने काम पनि पन्छाउने प्रवत्ति बढिहरको बताएका हुन्। उनले बैंकहरुले ग्राहकको सुरक्षाको विषयलाई बेवास्ता गर्न थालेको बताए।

‘हाम्रो बैंकिङमा यस्तो रोग बढ्दै गइरहेको छ। बैंकका शाखाहरुले ग्राहकको प्रोटेक्सनको कुरा ख्याल नगर्दा त्यो माथि म्यानेजमेन्ट र रेगुलेटरमा आउनुपर्ने अवस्था देखिएको छ,’ उनले भने, ‘फ्रन्ट डेक्सबाट हुने काममा अर्कोलाई देखाउनु हुँदैन। समस्या, त्यो बढ्दै गयो भने त्यसले डेभलप गर्छ। माथि–माथि जादै गर्दा समस्याग्रस्त बन्ने अवस्था आउन सक्ने हुँदा सबैले जहाँ समस्या देखिएको हो त्यहाँबाटै समाधान खोजिनुपर्छ। अन्यथा कम्प्लेक्ससिटी निम्तिन्छ।’

उनले बैंकले आफूले प्रदान गर्ने सेवामा ग्राहकलाई सन्तुष्ट बनाउनु सक्नुपर्ने बताएका छन्।

200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?