जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बेैंकद्वारा ट्राफिक जनचेतना मुलक बोर्डहरु हस्तान्तरण

महालक्ष्मी विकास बेैंकद्वारा ट्राफिक जनचेतना मुलक बोर्डहरु हस्तान्तरण

महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको न्युरोड शाखाले इन्द्रावती गाउँपालिका – १२ भिमटारमा अवस्थित श्री ढोटरा आधारभूत विद्यालयमा अध्यनरत बालबालिकाको लागि स्कुल ब्याग लगायत स्टेसनरी सामग्री हस्तान्तरण कार्यव्रmम सम्पन्न गरेको छ । डा. उत्तम उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमा विद्यालयका सम्पूर्ण शिक्षक, व्यवस्थापन समितीका पदाधिकारी र बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

त्यसैगरी, बैकको मसुरिया शाखाको प्राङ्गणमा आयोजित कार्यक्रमका बीच ट्राफिक जनचेतना सम्बन्धी बोर्डहरु सुदूर पश्चिम प्रदेशका ट्राफिक प्रहरीका प्रहरी उपरक्षीक लोकेन्द्र श्रेष्ठ र अस्थायी ट्राफिक प्रहरी पोष्ट मसुरियाका प्रमुख चक्र बहादुर मल्ललाई संयुक्त रुपमा हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गौरीगंगा नगरपालिकाका प्रमुख भिम बहादुर देउवा ज्यू, विशिष्ठ अतिथि सुदूर पश्चिम प्रदेश ट्राफिक प्रहरीका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठ लगायत अन्य प्रहरी, बैंकका कर्मचारीहरु र सर्वसाधारणहरुको उपस्थिती रहेको थियो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

6820
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?