जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • नेशनल लाइफ इन्स्योरेन्सको काठमाडौंको ज्याबहालमा नयाँ एजेन्सी कार्यालयको उद्घाटन

नेशनल लाइफ इन्स्योरेन्सको काठमाडौंको ज्याबहालमा नयाँ एजेन्सी कार्यालयको उद्घाटन

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको काठमाडौंस्थित लगन ज्याबहालमा नयाँ एजेन्सी कार्यालय आज उद्घाटन गरिएको छ ।नेशनल लाइफ बागमति प्रदेश प्रदेश प्रमुख जयराम धितालको प्रमुख आतिथ्यमा तथा बरिष्ठ व्यवसाय प्रबन्धक दिपक कुमार बरालको सभापतित्वमा सम्पन्न भएको छ । । नेशनल लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक सुबोध थापाले रिबन काटेर उक्त कार्यालयको उद्घाटन गरेका थिए ।काठमाडौं जिल्लाको शहरी क्षेत्रलाई लक्षित गरी काठमाडौंको ज्याबहालस्थित नयाँ एजेन्सी कार्यालय स्थापना गरिको हो । कम्पनीको घण्टाघर शाखा अन्तर्गतको नयाँ एजेन्सी कार्यालय स्थापना गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेशनल लाइफ बागमति प्रदेश प्रमुख धितालले जीवन बीमालाई शहरका भित्री भागसम्म पहुँच बृद्धिमा नयाँ एजेन्सी कार्यालयले भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । साथै धिताले बरिष्ठ व्यवसाय प्रबन्धक दिपक बरालले सिन्धुलीदेखि काठमाडौंसम्मको यात्रा र जीवन बीमा व्यवसायमा गरेको प्रगतिको प्रसंशा गर्दै सफलताको शुभकामना व्यक्त गरेका छन् ।एजेन्सी कार्यालय उद्घाटन कार्यक्रममा स्थानीय सर्वसाधारण, बीमा व्यवसायमा सक्रिय महानुभावहरुको उपस्थिति रहेको थियो । प्रशान्त कपाली, जयराम बिँडारी, सरिता महर्जनले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

2085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?