जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • निजी क्षेत्रले पहिलोपटक १५ वर्ष अवधिको ऋणपत्र, एनएमबि बैंकको ‘ऊर्जा ऋणपत्र’ वैशाख २१ बाट

निजी क्षेत्रले पहिलोपटक १५ वर्ष अवधिको ऋणपत्र, एनएमबि बैंकको ‘ऊर्जा ऋणपत्र’ वैशाख २१ बाट

निजी क्षेत्रले निष्कासन गरेकोमध्ये सबैभन्दा लामो समयको ऋणपत्र पहिलो पटक एनएमबि बैंकले जारी गर्ने भएको छ। ऊर्जा क्षेत्रमा नेतृत्वदायी ऋण बिस्तार गरिरहेको बैंकले १५ वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो। बैंकले ‘एनएमबि ऊर्जा ऋण’ पत्र जारी गर्न लागेको हो। ब्याज दर तुलनात्मक रुपमा कम भए पनि यति लामो अवधिको ऋणपत्र निजी क्षेत्रले निष्कासन गरेको थिएन। दीर्घकालीन लाभ लिनेहरुका लागि यो भरपर्दो लगानी औजार हो।

बैंकले वार्षिक ४ प्रतिशत ब्याज दिने छ। बैंकले १००० रुपैयाँ अंकित दरका ऋणपत्र वैशाख २१ गतेदेखि जारी गर्ने छ। छिटोमा २५ गतेभित्र बिक्री गर्ने लक्ष्य छ। यसभित्र बिक्री नभएमा बैंकले जेठ ४ गतेसम्म बिक्रीमा राख्ने छ।

बैंकले कुल साढे ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो। कम्तिमा २५ र अधिकतम १४ लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ।

बैंकले ३५ लाख कित्तामध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने छ। बाँकी १४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने छ। यसमध्ये ७० हजार कित्ता सामूहिक लगानी कोषलाई आरक्षण गरिएको छ।

5855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका