जोडिनुहोस
शुक्रबार, पुस १२, २०८१
शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • मंसिर १९ गतेदेखि बैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गर्दै गार्डियन माइक्रो लाइफ

मंसिर १९ गतेदेखि बैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गर्दै गार्डियन माइक्रो लाइफ

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर १९ गतेबाट पहिलो चरणमा बैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले बैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको २२ करोड ५० लाख रुपैयाँको १० प्रतिशत अर्थात् २ करोड २५ लाख रुपैयाँको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका कुल २ लाख २५ हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा बैदेशिक रोजगारमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्मका लागि पुष ३ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?