जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • प्रभु बैंक र हङ्गर हव रेष्टुरेण्ट एण्ड बारबीच सम्झौता, बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास

प्रभु बैंक र हङ्गर हव रेष्टुरेण्ट एण्ड बारबीच सम्झौता, बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास

प्रभु बैंक लिमिटेड र हङ्गर हव रेष्टुरेण्ट एण्ड बारबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला र हङ्गर हव रेष्टुरेण्ट एण्ड बारका तर्फबाट अध्यक्ष तीर्थ लाल महर्जनद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र उक्त रेष्टुरेण्टबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले हङ्गर हव रेष्टुरेण्ट एण्ड बार प्रालिद्धारा सञ्चालित रेष्टुरेण्टमा “फुड” र “वेभरेज” मा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गत हङ्गर हव रेष्टुरेण्ट एण्ड बारमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, हङ्गर हव रेष्टुरेण्ट एण्ड बारका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले जनाएको छ ।

2875
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका