जोडिनुहोस
बुधबार, मंसिर १९, २०८१
बुधबार, मंसिर १९, २०८१
  • होमपेज
  • ऊर्जामन्त्री खड्का सिंहदरबार छाडेर रत्नपार्कमा बस्ने

ऊर्जामन्त्री खड्का सिंहदरबार छाडेर रत्नपार्कमा बस्ने

 ऊर्जा मन्त्रालयका केही कर्मचारी सोमबार नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क पुगे। ऊर्जामन्त्री दीपक खड्काको निर्देशनमा ती कर्मचारी प्राधिकरण पुगेका थिए। उनीहरु प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग परामर्श गर्न गएका थिएनन्। ती कर्मचारी ऊर्जामन्त्रीको कार्यकक्ष बनाउनका लागि कोठा हेर्न पुगेका थिए।

ऊर्जामन्त्री खड्काले आफ्ना लागि प्राधिकरणमा कार्यकक्ष बनाउन चाहेका छन्। उनको त्यही चाहना अनुसार मन्त्रालयका कर्मचारी कोठा हेर्न पुगेका हुन्।

ऊर्जामन्त्री प्राधिकरण संचालक समितिका अध्यक्ष हुन्। तर, कार्यकक्ष नै बनाएर ऊर्जामन्त्री प्राधिकरणमा बस्न खोजेको यो इतिहासमै पहिलो पटक हो।

ऊर्जामन्त्रीका लागि कार्यकक्ष बनाउन भन्दै मन्त्रालयका कर्मचारी कोठा हेर्न आएपछि प्राधिकरणका कर्मचारी आश्चर्यमा परे। उनीहरु एकछिन मन्त्रालयका कर्मचारीको कुरा सुनेर अलमलमा परेका थिए।

‘प्राधिकरण स्थापना भएको ४० वर्षको अवधिमा यसरी ऊर्जामन्त्रीको कार्यकक्ष राख्ने भनेर सुनेका थिएनौं,’ प्राधिकरणका एक कर्मचारीले भने, ‘एकाएक मन्त्रालयको टोली आएर मन्त्रीज्यूलाई कोठा चाहियो भनेपछि हामी एकछिन अक्क न बक्क भयौं।’

मन्त्रालयबाटै कर्मचारीको टोली आएपछि मन्त्रीको कार्यकक्ष निर्माणका बारेमा छलफल भएको स्रोतले बतायो। मन्त्री खड्काका लागि कोठाको प्रबन्ध गरेर कार्यकक्ष भव्य बनाउनेबारेमा छलफल भएको छ।

25
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका