जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सनराइज बैंकको एजीएमबाट लक्ष्मी बैंकसँगको मर्जर प्रक्रिया स्वीकृत

सनराइज बैंकको एजीएमबाट लक्ष्मी बैंकसँगको मर्जर प्रक्रिया स्वीकृत

सनराइज बैंक लिमिटेडको आज सम्पन्न १५ औँ वार्षिक साधारणसभाले लक्ष्मी बैंकसँगको मर्जर प्रक्रिया स्वीकृत गरेको छ।

सभाले सनराइज बैंक र लक्ष्मी बैंक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सञचालक समितिको विशेष प्रस्ताव पारित गरेको हो। दुवै बैंक बराबरी हैसियतमा मर्जरमा जाने प्रस्ताव अनुमोदन भएको छ।

सभाले लक्ष्मी बैंकसँग मर्ज गर्ने विशेष प्रस्ताव पारित गरेसँगै एकीकृत कारोबारका लागि थप प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ।

बैंकका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न सभाले आर्थिक वर्ष २०७८–७९ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण २०७९ साल असार मसान्तको वासलात तथा आव २०७८–७९ को वित्तीय विवरणसहितको वार्षिक प्रतिवेदन पनि अनुमोदन गरेको छ।

4295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?