जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • नेशनल लाईफको ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न

नेशनल लाईफको ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कारसहितको डिनर कार्यक्रम ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न गरेको छ ।
सुदुर पश्चिमप्रदेशबाट लक्ष्य पुरा गर्ने सबै अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले मायाको चिनो प्रदान गरेका थिए । साथै, स्किमा व्यवस्था भएअनुरुप अर्लि क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्र्न सफल अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको थियो ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले समय सान्दर्भिक योजनाहरु प्रस्तुत गर्ने क्रममा मिट द सीईओ स्किम ल्याइएको र यस स्किममा छनौट हुने अभिकर्तालाई प्रदेशस्तरिय कार्यक्रमअन्तर्गत सम्मान गरिने कम्पनीको योजनाअनुरुप सुदुरपश्चिम प्रदेशबाट छनौट हुन सफल २६ जना अभिकर्ताहरुलाई सम्मान गरिएसँगै यस स्किमअन्तर्गतका सातै प्रदेशको कार्यक्रम सकिएको बताउँदै सबै प्रदेशबाट यस कार्यक्रममा जोडिने ३०० भन्दा बढि अभिकर्ताहरुलाई हार्दिक बधाई ज्ञापन गरे ।

कार्यक्रममा सहभागि अभिकर्ताहरुले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, लगायत विविध पक्षहरुका बारेमा विस्तृत रुपमा छलफल गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । यस योजनाले अभिकर्ता र सीईओ दुवैलाई प्रत्यक्ष रुपमा जोडी अन्र्तक्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरुमा पनि ल्याउनु पर्ने सुझाव दिएका थिए ।

1685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका