जोडिनुहोस
सोमवार, पुस ८, २०८१
सोमवार, पुस ८, २०८१
  • होमपेज
  • नेपाल माइक्रो इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच व्यवसाय विस्तार गर्ने सम्झौता

नेपाल माइक्रो इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच व्यवसाय विस्तार गर्ने सम्झौता

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी (एनएमआईसी) र कामना सेवा विकास बैंक लिमिटेड (केएसबीबी) बीच व्यवसाय विस्तार गर्ने उद्देश्यका साथ सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्र रिमाल र बैंकका उप महाप्रबन्धक हरिप्रसाद लम्सालले औपचारिक रूपमा हस्ताक्षर गरे । कार्यक्रममा बोल्दै सीईओ रिमालले भने, ‘यो साझेदारी हाम्रो बीमा सेवाहरूलाई पहुँचयोग्य र समावेशी बनाउने यात्रामा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा हो। कामना सेवा विकास बैंकसँग सहकार्य गरेर हामी आफ्नो पहुँच विस्तार गर्न र हाम्रो समुदायका वित्तीय र बीमा आवश्यकतालाई ध्यानमा राखी नवीन उत्पादनहरू सिर्जना गर्न चाहन्छौं ।’

त्यसैगरी, उप महाप्रबन्धक लम्सालले भने, ‘कामना सेवा विकास बैंक वित्तीय समावेशितामार्फत व्यक्ति र व्यवसायलाई सशक्त बनाउन प्रतिबद्ध छ । यस सम्झौताले एनएमआईसीको माइक्रो इन्स्योरेन्स क्षेत्रमा रहेको विशेषज्ञतालाई प्रयोग गरी हाम्रा ग्राहकहरूलाई व्यापक वित्तीय समाधान प्रदान गर्न सहयोग गर्नेछ ।’ समारोहमा इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत ( डीसीईओ) अनिलराज गिरि पनि उपस्थित थिए । यस साझेदारीले दुवै संस्थाका ग्राहकहरूलाई फाइदा पुर्‍याउन विभिन्न सहकार्यपूर्ण व्यापारिक प्रयासहरू गर्ने लक्ष्य राखेको छ।

साझेदारीले नयाँ व्यापार तथा अवसरहरूको खोजी, प्रक्रिया सुधार र अल्पसंख्यक जनसंख्यालाई सेवा प्रदान गर्न संयुक्त पहलहरू विकास गर्ने विश्वास लिइएको छ । यस सहकार्यले ग्रामीण र अर्ध-शहरी क्षेत्रमा वित्तीय र बीमा सेवाहरूमा रहेको महत्त्वपूर्ण अभावलाई सम्बोधन गर्न योगदान पुर्‍याउने लक्ष्य राखेको छ । एनएमआईसीको प्रधान कार्यालय चितवनमा रहेको छ भने केएसबीबीको प्रधान कार्यालय ज्ञानेश्वर, काठमाडौंमा छ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?