जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विश्वकप फुटबल खेल्ने ३२ देशको लाग्यो टुङ्गो, कुन समूहमा को ?

विश्वकप फुटबल खेल्ने ३२ देशको लाग्यो टुङ्गो, कुन समूहमा को ?

सामान्यताय गर्मी मौसमा फिफा विश्वकप फुटबल आयोजना हुने गर्छ । यति बेला विश्वकप फुटबलको माहोल तात्नुपर्ने थियो । तर यस पटक आयोजक रहेको कतारमा गर्मी धेरै हुने भएकोले विश्वकप जाडो महिनामा सारियो ।

कतारमा २१ नोभेम्बर देखि १८ डिसेम्बरसम्म हुने विश्वकप खेल्ने ३१ वटै टुङ्गो बल्ल लागेको छ । अन्तरमहादेशीय प्लेअफअन्तर्गत मंगलबार राति भएको खेलमा कोस्टारिकाले न्युजिल्याण्डलाई १-० ले हराएर विश्वकपमा स्थान बनाउने अन्तिम टिम बन्यो ।

फिफाले यसअघि नै विश्वकपको समूह विभाजन सार्वजनिक गरिसकेकोले कोस्टारिका कठिन समूहमा परेको छ । स्पेन, जर्मनी र जापान रहेको समूह ई मा कोस्टारिका परेको छ ।

कतार विश्वकपका लागि कोस्टारिकासँगै उत्तर अमेरिकाबाट चार राष्ट्र छनोट भएका छन् । यस्तै युरोपबाट सर्वाधिक १३ राष्ट्र छनोट हुँदा एसियाबाट पहिलो पटक ६ राष्ट्रले विश्वकप खेल्दैछन् । अफ्रिकाबाट ५ र दक्षिण अमेरिकाबाट ४ राष्ट्र विश्वकपमा छनोट भएका छन् ।

२२औं संस्करणको पिफा विश्वकप कतारको ५ सहरको ८ मैदानमा खेलाइनेछ ।

3205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका