जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • सीसीएमसीको सिफारिस : डान्सबार र दोहोरीसाँझ पूरै बन्द, रेष्टुरेन्ट राति १० बजेपछि

सीसीएमसीको सिफारिस : डान्सबार र दोहोरीसाँझ पूरै बन्द, रेष्टुरेन्ट राति १० बजेपछि
कोरोनाको जोखिम उच्च हुँदै गएपछि सरकारले डान्सबार दोहोरी साँझहरु अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गर्नुपर्ने निश्कर्ष निकालेको छ । शनिबार सिंहदरबारमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले डान्सबार र दोहोरी साँझ बन्द गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

रेष्टुरेन्टहरुको हकमा भने सुरक्षा मापदण्ड अपनाएर राति १० बजेसम्म खोल्न दिने र त्यसपछि भने बन्द गर्नुपर्ने सीसीएमसीको सिफारिस छ । यसअघि स्वास्थ्य मन्त्रालयले गत चैत २५ गते जारी गरेको अपीलमा राति ९ बजेपछि रेष्टुरेन्टहरु बन्द गर्न अपील गरिएको थियो । त्यसैगरी बैशाख २ गते मन्त्रालयले जारी गरेको अर्को अपीलमा काठमाडौं लगायत १४ जिल्लालाई अति जोखिमयुक्त घोषणा गर्दा यी जिल्लाहरुमा भीडभाड हुने क्षेत्रमा नजान सर्वसाधारणलाई अपिल गरिएको थियो । यी जिल्लाहरुमा विद्यालयमा समेत नजान भनिएको थियो ।

मन्त्रालयको यही सिफारिसलाई भ्यान दिँदै शनिबारको सीसीएमसी बैठकले शहरी क्षेत्रका विद्यालयहरु भौतिक रुपमा सञ्चालन नगरी अनलाइन कक्षाहरू मात्रै सञ्चालन गर्न सिफारिस गरिएको सीसीएमसीका सचिव खगराज बरालले बताए ।

शनिबार सीसीएमसीको बैठकमा मन्त्रालयले तयार पारेका मापदण्डमाथि छलफल भई राति १० बजेदेखि बन्द गर्नुपर्ने प्रस्ताव गरिएको बैठकका एक सहभागीले रातोपाटीलाई जानकारी दिए ।

‘रात्री क्लबहरु, डान्सबार र दोहोरी साँझमा मानिसहरुले ड्रिंक्स गर्छन्, सुरक्षा सावधानी पनि अपनाइँदैन,’ सीसीएमसीका एक अधिकारीले भने, ‘यस्ता मनोरञ्जनका क्षेत्रहरु बन्द गर्दा जनजीवनमा प्रत्यक्ष असर नपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्न क्याबिनेटसमक्ष सिफारिस गर्ने निर्णय भएको हो ।’

रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोरहरु, पसल व्यवसायलगायत भिडभाड हुने स्थानहरुमा हालका लागि स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड अपनाउनुपर्ने सीसीएमसीको निश्कर्ष छ ।

Dear Sir

4050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका