

नेपाल राष्ट्र बैंकले तीन रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज गरेको छ ।
विप्रेषण नियमावलीअनुसार तीन कम्पनीको लाइसेन्स खारेज हुने देखिएकाले कार्यान्वयन गरिएको राष्ट्र बैंकले औंल्याएको छ । यसरी लाइसेन्स खारेज हुने रेमिट्यान्स कम्पनीमा नमस्ते रेमिट इन्टरनेसनल प्रालि (नयाँ बानेश्वर), मोडर्न रेमिट्यान्स प्रालि (कमलपोखरी), भाटभटेनी मनी ट्रान्सफर (कान्तिपथ) छन् ।
यदि यी कम्पनीसँग कारोबारका क्रममा कुनै रेमिट्यान्स रकम बाँकी रहेको भएमा ३५ दिनभित्र विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित रुपमा जानकारी गराउन व्यक्ति वा संघसंस्थालाई राष्ट्र बैंकले आग्रह गरेको छ ।