जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • भाटभटेनी रेमिटको इजाजत पत्र रद्द

भाटभटेनी रेमिटको इजाजत पत्र रद्द

नेपाल राष्ट्र बैंकले भाटभटेनी मनि ट्रान्सफर सहित तीनवटा विप्रेषण आप्रवाह कम्पनीको इजाजत पत्र रद्द गरिदिएको छ। बैंकका अनुसार भाटभटेनी मनि ट्रान्सफर, नमस्ते रेमिट इन्टरनेशनल प्रालि, मोडर्न रेमिट्यान्स प्रालिको इजाजत पत्र रद्द गरिएको हो।

राष्ट्र बैंक विप्रेषण नियमावली २०७९ को नियम १३ उपदफा ५ को प्रावधान अनुसार यी सेवा प्रदायकको इजाजत पत्र रद्द गरिएको बैंकले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ।

खारेजीमा परेका सेवा प्रदायकसँग कुनै लेनदेन बाँकी रहेको भए राष्ट्र बैंकमा लिखितरूपमा जानकारी गराएर रकम भुक्तानी लिन समेत अनुरोध गरिएको छ। अन्यथा बैंकले धराैटीवापतको रकम जफत गर्ने जानकारी गराएको छ।

2300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका