जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बैंकिङ कसुरः मुख्य प्रतिस्पर्धीकै उम्मेदवारी खारेज !

बैंकिङ कसुरः मुख्य प्रतिस्पर्धीकै उम्मेदवारी खारेज !

बैंकिङ कसुरमा मुछिएका नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । उनी नेकपा एमालेका नेता तथा पूर्वमन्त्री विष्णु पौडेलका मुख्य प्रतिस्पर्धी थिए ।

पौडेलसँग प्रतिस्पर्धा गर्न सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीका राजु गुरुङलाई उम्मेदवार बनाएको थियो। बलियो प्रतिस्पर्धी मानिएका राजुको उम्मेदवारी नै खारेज भयो।

बैंकिङ कसुर मुद्दामा कालोसूचीमा परेको भन्दै एकीकृत समाजवादीका उम्मेदवार राजुविरुद्ध सोमबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो। उजुरी छानबिनपछि मंगलबार राति निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज भएको सूचना निकालेको हो।

गठबन्धनका साझा उम्मेदवार गुरुङ नर्थ वेष्ट नेपाल इन्फा प्रालिका अध्यक्ष हुन्। उनले तिर्नुपर्ने २ करोड २५ लाख रुपैयाँ नतिरेको भन्दै २०७६ सालमा काठमाडौं जिल्ला अदालतमा बैंकिङ कसुरसम्बन्धी मुद्दा परेको थियो।

अदालतले २०७८ मंसिर २१ गते बेष्ट प्रोजेक्ट कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका अध्यक्ष अन्जित बिष्टलाई दायित्व तिर्नुपर्ने फैसला गरेको थियो।

 

3275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका