जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • सिद्धार्थ प्रिमियरले दाबी भुक्तानी लिन बाँकी बीमितलाई बोलायो, ३५ दिन सम्पर्क म्याद

सिद्धार्थ प्रिमियरले दाबी भुक्तानी लिन बाँकी बीमितलाई बोलायो, ३५ दिन सम्पर्क म्याद

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बीमा दाबी भुक्तानी लिन बाँकी आफ्ना बीमितहरुलाई बोलाएको छ। लामो समयदेखि दाबी भुक्तानी लिन बाँकी रहेकालाई आवश्यक कागजातसहित बोलाएको हो।

कम्पनीका अनुसार ३५ दिनभित्र दाबी सम्बन्धी आवश्यक कागजात प्राप्त भएमा भुक्तानी पाइने छ। उक्त मितिभित्र सम्पर्क राख्‍न नआए त्यस्ता दाबी फाइल बन्द गरिने छन्।

मर्जर पछि बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा विभिन्न समयमा परेको दाबीहरुको निवेदन प्राप्त भएका छन्। तर, हालसम्म दाबी मूल्यांकनका लागि आवश्यक कागजातसहित सम्पर्कमा नआएका बीमितहरुको भुक्तानी बाँकी छ।

जसले गर्दा दाबी फर्छ्यौटमा समस्या छन्। आवश्यक कागजात सहित कम्पनीको केन्द्रिय कार्यालय बबरमहल र सम्बन्धित सर्भेयरलाई यथाशीघ्र सम्पर्क गरी आफ्नो बीमा दाबी गर्न कम्पनीले सूचना गरेको हो।

3220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार