जोडिनुहोस
शुक्रबार, बैशाख १२, २०८२
शुक्रबार, बैशाख १२, २०८२
  • होमपेज
  • नेपाल एसबिआई बैंकद्वारा नेपाल भारतमैत्री संघलाई सहयोग रकम हस्तान्तरण

नेपाल एसबिआई बैंकद्वारा नेपाल भारतमैत्री संघलाई सहयोग रकम हस्तान्तरण

नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका ०३, नदीपुर, कास्कीस्थित नेपाल भारतमैत्री पुस्तकालयलाई सहज रुपमा सञ्चालन गर्न नेपाल भारतमैत्री संघ, कास्कीलाई रु ३.लाख आर्थिक सहयोग गरेको छ ।

उक्त सहयोग रकम बैंकका गण्डकी प्रदेश प्रमुख, मिन वहादुर गरुङले संघका अध्यक्ष, गोपाल धोजुलाई औपचारिक रुपमा हस्तान्तरण गरेका थिए । सो कार्यक्रममाले फ्टिनेन्ट कर्नल, प्रसान्त सिङ बागेल, बैंक तथा संघका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२२ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका