जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • नियामककै क्षमतामा प्रश्न उठाउँदै बोर्ड अध्यक्षले भने- जोखिम न्यूनीकरण गर्ने लगानी औजार भएन

नियामककै क्षमतामा प्रश्न उठाउँदै बोर्ड अध्यक्षले भने- जोखिम न्यूनीकरण गर्ने लगानी औजार भएन

नेपालको धितोपत्र बजारमा  इक्विटीहरु मात्र समावेश भएको भन्दै लगानी विविधीकरणका अन्य उपकरणहरु परिचालित गर्नु पर्ने बोर्डका अध्यक्ष रमेशकुमार हमालले बताएका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै हमालले धितोपत्र बजारमा ‘स्कोप’ का बारेमा चर्चा गरेका हुन्।

डाइभर्सिफिकेशन’ का निम्ति मार्केटमा थप नयाँ प्रडक्टहरुको अवश्यकता रहेको हमालले औल्याएका छन्। लगानीकर्ताले इक्विटीहरुमा मात्र लगानी गर्ने अवसर पाएको भन्दै अध्यक्ष हमालले ‘सबै अण्डा एउटै टोकरीमा’ लगानीकर्ताले राख्दै आएको उल्लेख गरे।

उनले सोमबार सोल्टी होटलमा आर्थिक पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै जोखिम न्यूनीकरणका लागि पनि सेयर बजारमा लगानीका थुप्रै उपकरणको अवश्यकता रहेको तर्क अगाडि सारे।

जोखिम न्यूनीकरण गर्न वित्तीय औजार बजारमा सूचिकृत भएको अवस्थामा सेयर बजारमा स्वतः जोखिम कम हुने र सुरक्षित लगानीका विकल्प पनि लगानीकर्तालाई प्रदान गर्न सकिने उनले बताए।

नेपालजस्तो विकासउन्मुख देशमा पूर्वाधार विकासका लागी लगानीको अभाव पूर्ति गर्न पुँजीबजारले ठुलो भूमिका निभाउने र ‘बोन्ड मार्केट’ उक्त समस्याको ठुलो हल हुने अध्यक्ष हमालले जानकारी दिए।

‘इन्फ्रास्टकचर बोन्ड’ मुलुकको लगानीको स्रोत जुटाउने नयाँ विकल्प हुन सक्छ,’ उनले भने, ‘डाइभर्सिफिकेशन’ अन्तर्गत रियल सेक्टरका कम्पनीहरु पनि सेयर बजारमा भित्राउन सकिने छ।’

मुलुकमा १२०० भन्दा धेरै ‘लार्ज ट्याक्स पेयर’ कम्पनीहरु रहेको तर निकै कम संख्या सेयर बजारमा आबद्द रहेको तथ्यांक दिँदै उनले भने- ‘बुक बिल्डिंग’ प्रविधिको प्रयोग गरी यी कम्पनीलाई धितोपत्र बजारमा समावेश गर्न सकिन्छ।

यद्दपि नियामक आफैको भूमिका यस व्यवस्थाका लागि महत्वपूर्ण रहेकोसमेत उनले बताए।  पारदर्शी र निश्पक्ष तवरले नियामकले सुपरिवेक्षण मापदण्डको पूर्णरुपमा पालना गर्नु जरुरी रहेको उनले बताए।

3520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?