जोडिनुहोस
शुक्रबार, चैत्र ७, २०८१
शुक्रबार, चैत्र ७, २०८१
  • होमपेज
  • विभिन्न वित्तीय परिसुचकहरुमा महालक्ष्मी विकास बैंक अब्बल बन्दै

विभिन्न वित्तीय परिसुचकहरुमा महालक्ष्मी विकास बैंक अब्बल बन्दै

बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अन्त्य सम्मको वित्तीय विवरण अनुसार आधार दर ७.४८ र कोषको लागत प्रतिशत ५.२९ प्रतिशत रहेको छ जुन प्राय बैंक तथा वित्तीय संस्थाहरुको भन्दा पनि कम रहेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ असार मसान्त सम्म आधार दर र कोष लागत प्रतिशत क्रमश ९.३९ प्रतिशत र ७.०३ प्रतिशत रहेको थियो । बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने हुँदा सोको लाभ ऋणीहरुले लिन सक्छन् ।

त्यसै गरी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनत्तम पुँजी कोषका्े तुलनामा महालक्ष्मी विकास बैंकको न्यूनत्तम पुँजी कोष आर्थिक वर्ष २०८१/८२ को पुस मसान्त सम्म १४.९९ प्रतिशत रहेको छ जुन आर्थिक वर्ष २०८०/८१ असार मसान्तमा १४.९३ प्रतिशत रहेको थियो । न्यूनतम पुँजी कोष बढी भएको अवस्थामा बैंकहरुलाई जोखिम व्यवस्थापन गर्न सहज हुन्छ । यसरी बैंक पुँजीको हिसाबले सबल रहेको र आगामी दिनहरुमा व्यवसाय विस्तार गर्नलाई समेत पुँजीको अभाव नरहने देखिन्छ ।

आर्थिक वर्ष २०७९÷८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ को अन्त्य सम्म बैंकका समग्र वित्तीय परिसुचकहरुमा सकरात्मक परिवर्तन देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा रु. ३७.७५ करोड खुद मुनाफा रहेकोमा ३३ प्रतिशत नाफा वृद्धि गर्दै आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा रु. ५०.०३ करोड पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा प्रति सेयर आम्दानी रु. १२, शेयरधनी कोषमा प्रतिफल ७.४२ प्रतिशत रहेको छ ।

साथै डिजिटल बैंकिङ्ग सेवाहरुको रुपान्तरणकारी परिवर्तन स्वरुप परम्परागतरुपमा उपलब्ध सेवाहरुमा थप विस्तार गदै बैंकले सञ्चालनमा ल्याएको “महालक्ष्मी स्मार्ट साथी” मार्फत रियल टाइममा नै मुद्धती खाता खोल्न सकिने, मुद्धती धितोको रसिदमा प्रवाह हुने कर्जाको माग गर्न सकिने, अनलाइन मार्फत नै के.वाई.सी फारम भर्न सकिने जस्ता सुविधाहरु प्राप्त गर्न सकिन्छ ।

405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका