जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • मुक्तिनाथ विकास बैंकको ऋणपत्र आजदेखि विक्रीमा

मुक्तिनाथ विकास बैंकको ऋणपत्र आजदेखि विक्रीमा

मुक्तिनाथ विकास बैंक लिमिटेडको आजदेखि रू. १ अर्ब २५ करोड बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र विक्री खुला भएको छ । बैंकले ७ वर्षे अवधिको ‘८.७५ % मुक्तिनाथ डिबेञ्चर २०८४÷८५’ नामको ऋणपत्र कार्यालय अवधिपश्चात बिक्री खुला गर्न प्रतिकित्ता रू. १ हजार अंकित दरको कुल कित्ताऋणपत्रमध्य रू. ५० करोड बराबरको ५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ भने बाँकी रू. ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जानकारी दिएको छ ।

सर्वसाधारणमा विक्री गरिने कुल कित्ता ऋणपत्रमध्य ५ प्रतिशत अर्थात २५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुलाई छुट्याइएकोमा १ हजार ५०० कित्ता बाँडफाँट गरिएको बैंकको भनाई छ ।

यो ऋणपत्र खरिदका लागि छिटोमा साउन ११ गतेसम्ममा आवेदन दिनुपर्नेछ । उक्त अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि साउन २१ गतेसम्म ऋणपत्र विक्री गर्ने जानकारी बैंकले गराएको छ । ऋणपत्र खरिद गर्न चाहनेहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

यो ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले मध्यम कर्जा जोखिमको संकेत गर्ने  ‘केयर एनपी त्रिपल बी आईएस’ रेटिङ्ग प्रदान गरेको छ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट पनि ऋणपत्र खरिदका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

4980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका