जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • युनाईटेड अजोड इन्स्योरेन्सको डिसिईओमा रेना रिजाल नियुक्त हुँदै

युनाईटेड अजोड इन्स्योरेन्सको डिसिईओमा रेना रिजाल नियुक्त हुँदै

युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ)मा रेना रिजाल नियुक्त हुने भएकी छिन् । कम्पनीका तत्कालीन डीसीईओ नवीन सुवेदी बाहिरिएसँगै विगत ५ महिनादेखि रिक्त रहेको पदमा रिजाललाई यसै साता नियुक्ति गर्ने तयारी भएको कम्पनीका एक अधिकारीेले बीमापोष्टलाई जानकारी दिएका छन् । रिजाल बीमा क्षेत्रमा लामो समयदेखि कार्यरत कुशल र क्षमतावान व्यक्ति हुन् ।

सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीकी उप-महाप्रबन्धक (डीजीएम) रेना रिजाल कम्पनीको डिसिईओ पदको लागि यूनाइटेज अजोड इन्स्योरेन्समा प्रवेश गर्न लागेकी हुन् ।

२०५७ सालमा तत्कालीन एभरेष्ट इन्स्योरेन्समा अफिसरको रूपमा काम सुरु गरेकी रेनाले बैंक हुँदै पुन बीमा क्षेत्रमा नै काम गरेको कार्यअनुभव रहेको छ । रिजालले सानिमा जिआईसीमा समेत राजिनामा दिने प्रस्ताव राखेर स्वीकृत समेत भइसकेको जनाइएको छ ।

1595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका