जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • नौ वटा जीवन बीमा कम्पनीले गरेनन् समयमा साधारणसभा

नौ वटा जीवन बीमा कम्पनीले गरेनन् समयमा साधारणसभा

सञ्चालनमा रहेका ९ वटा बीमा कम्पनीले समयमै साधारणसभा नगर्ने भएका छन् । आर्थिक वर्ष सकिएको ६ महिना अर्थात् पुस मसान्तभित्र साधारणसभा गर्नुपर्ने भए पनि ९ वटा जीवन बीमा कम्पनीले साधारणसभा नगरेका हुन् ।

सिटिजन लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले साधारणसभा गर्दा अरु बीमा कम्पनीले साधारणसभा नगरेका हुन् । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले भने पुस सकिएपछि साधारणसभा गर्ने भएको छ । यो कम्पनीले माघ ११ गते साधारणसभा गर्दैछ ।

सभा नगर्नेमा मेट लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, नेसनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स र सूर्यज्योति लाइफ इन्स्योरेन्स छन् । यस्तै आइएमई लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स र सन् नेपाल लाइफ इन्स्योरेन्सले पनि समयमा साधारणसभा नगरेका हुन् ।

कम्पनी ऐन २०६३ अनुसार सञ्चालनमा रहेका पब्लिक कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गर्नुपर्ने हुन्छ । यस्ता कम्पनीले कारोबार सुरु गर्ने इजाजत पाएको एक वर्षभित्र प्रथम वार्षिक साधारणसभा र त्यसपछि आर्थिक वर्ष पूरा भएको ६ महिनाभित्र साधारणसभा गर्नुपर्ने व्यवस्था छ ।

कानुनअनुसार कम्पनीले साधारणसभा गर्ने समय पुस मसान्तसम्म छ । तर, जीवन बीमातर्फका ९ वटा कम्पनीले अझै साधारणसभा घोषणासमेत गरेका छैनन् ।

यस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सिटिजन्स लाइफ इन्स्योरेन्सबाहेक अन्यले सेयरधनीलाई लाभांश घोषणासमेत गरेका छैनन् । हिमालयन लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनले भने लगानीकर्ताको हात रित्तै बनाएका छन् । यी दुवै कम्पनीले साधारणसभा गरे पनि सेयरधनीलाई लाभांश वितरण गरेका छैनन् ।

यस्तै निर्जीवनतर्फ भने साधारणसभा समयमा नगर्नेमा ११ वटा कम्पनी छन् । नेको इन्स्योरेन्स र हिमालयन एभरेष्टले मात्रै साधारणसभा समयमा गरेका छन् ।

745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?