जोडिनुहोस
शनिबार, चैत्र ८, २०८१
शनिबार, चैत्र ८, २०८१
  • होमपेज
  • बीमा प्राधिकरणको नाफा ५.७७ प्रतिशत बढ्यो, कुल सम्पत्ति १०.१५ अर्ब रुपैयाँ पुग्यो

बीमा प्राधिकरणको नाफा ५.७७ प्रतिशत बढ्यो, कुल सम्पत्ति १०.१५ अर्ब रुपैयाँ पुग्यो

नेपाल बीमा प्राधिकरणले एक वर्षमा झण्डै डेढ अर्ब नाफा गरेको छ । नेपाल बीमा प्राधिकरणले गत आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ३२ करोड ७९ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । आघिल्लो आर्थिक वर्ष २०७९/८० मा प्राधिकरणले १ अर्ब २५ करोड ५४ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा प्राधिकरणले गत वर्ष ५.७७ प्रतिशत अर्थात् ७ करोड २४ लाख ७२ हजार रुपैयाँ बढी नाफा आर्जन गरेको हो ।

गत वर्ष प्राधिकरणले १ अर्ब ६४ करोड ११ लाख रुपैयाँ सञ्चालन आम्दानी, ५० करोड ७८ लाख रुपैयाँ अन्य आम्दानी र २ अर्ब १४ करोड ८९ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो वर्ष प्राधिकरणले १ अर्ब ५७ करोड ७९ लाख रुपैयाँ सञ्चालन आम्दानी, ५६ करोड ६६ लाख रुपैयाँ अन्य आम्दानी र २ अर्ब १४ करोड ४६ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।

साथै गत वर्ष प्राधिकरणले कर्मचारीहरूका लागि १९ करोड १९ लाख २० हजार रुपैयाँ खर्च गरेको छ । जबकी अघिल्लो वर्ष प्राधिकरणले १६ करोड १७ लाख रुपैयाँ कर्मचारी खर्च गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष प्राधिकरणका कर्मचारी खर्च १८.६८ प्रतिशत बढेको हो । यस्तै गत वर्ष प्राधिकरणले व्यवस्थापक खर्च १६ करोड २४ लाख ९२ हजार रुपैयाँ र कुल खर्च ३७ करोड ८३ लाख १४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष प्राधिकरणले व्यवस्थापन खर्च २८ करोड ३६ लाख रुपैयाँ र कुल खर्च ४६ करोड ८० लाख ८१ हजार रुपैयाँ गरेको थियो ।

गत वर्ष प्राधिकरणले ४४ करोड २६ लाख ६१ हजार रुपैयाँ आयकर तिरेको छ । जबकी अघिल्लो वर्ष ४२ करोड ४७ लाख रुपैयाँ आयकर तिरेको थियो । आव २०८०/८१ को असारसम्ममा प्राधिकरणको कुल सम्पत्ति १० अर्ब १५ करोड ७५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कुल सम्पत्ति ८ अर्ब ७६ करोड ८१ लाख रुपैयाँ थियो । साथै गत असारसम्म प्राधिकरणले ६ अर्ब ३२ करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ ।

220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका