जोडिनुहोस
शनिबार, साउन २, २०८३
शनिबार, साउन २, २०८३
  • होमपेज
  • सानिमा बैंकले १.५० करोड डलर व्यापार ऋण लिने

सानिमा बैंकले १.५० करोड डलर व्यापार ऋण लिने

सानिमा बैंकले ब्रिटिश इन्टरनेसनल इन्भेस्टमेन्टसँग १.५० करोड अमेरिकी डलर व्यापार ऋण लिने भएको छ। व्यापार ऋण सम्बन्धमा बैंक र ब्रिटिश इन्टरनेसनल इन्भेस्टमेन्टबीच मंगलबार सम्झौता भएको छ।

सम्झौतापत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र ब्रिटिश इन्टरनेसनल इन्भेस्टमेन्टका लगानी निर्देशक एडमिर इमामीले हस्ताक्षर गरेका छन्।

ऋण विशेषगरी जलविद्युत् आयोजना निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरण आयात तथा निर्माण प्रक्रियाका लागि कच्चा पदार्थहरूको खरिदमा प्रयोग गरिने बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

यस साझेदारीले आफ्नो व्यापार वित्त सेवालाई महत्वपूर्ण योगदान पुग्ने बैंकको विश्वास छ।

2380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्