जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सिटिजन बैंकद्वारा एकैपटक ६० जना कर्मचारीलाई दीर्घ सेवा सम्मान

सिटिजन बैंकद्वारा एकैपटक ६० जना कर्मचारीलाई दीर्घ सेवा सम्मान

सिटिजन्स बैंकले कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान गरेको छ । बैंकले अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीलाई सम्मान गरेको हो ।

चैत्र १ गते बैंकले कर्मचारीको दिनको रुपमा मनाउँदै आएको छ । बैंकले विगत १७ वर्ष अगाडी २०६४ साल वैशाख ७ गते जम्मा ४३ जना कर्मचारी बाट विधिवत बैंकिङ सेवा सुरु गरेको थियो ।

बैंकले सत्रौँ वर्ष पुरा गरी अठारौँ वर्षमा प्रवेश गर्न थालेको सुखद उपलक्ष्यमा एक महिने बार्षिक उत्सव सम्बन्धी कार्यक्रमहरु आयोजना गरिरहेको छ । वैशाख ७ गते बैंकको वार्षिक उत्सवको दिन हो ।

बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गरेका ४५ जना र १५ वर्ष सेवा प्रवाह गरेका १५ जना गरि जम्मा ६० जना कर्मचारीलाई क्रमश: १० ग्राम र १५ ग्राम स्वर्णपदक तथा प्रमाणपत्र सहित ‘दीर्घ सेवा सम्मान’ प्रदान गरिएको थियो । बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले उक्त सम्मान प्रदान गरेका हुन् ।

बैंकमा हाल करिव १ हजार ७८० कर्मचारीहरु कार्यरत रहेका छन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंक अहिलेको अवस्थासम्म आइपुग्नको लागि कर्मचारीको मिहिनेत, लगनशिलता, प्रतिबद्धता र जिम्मेवारीले महत्वपूर्ण भूमिका निर्वाह गरको बताए । उनले आगामी दिनमा पनि आफ्नो तर्फबाट सत प्रतिशत योगदान दिन आग्रह गरे ।

बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका