जोडिनुहोस
सोमवार, चैत्र १०, २०८१
सोमवार, चैत्र १०, २०८१

हालको खबर

  • होमपेज
  • वाणिज्य बैंकका कर्मचारीहरुको तलब डरलाग्दो, ६ महिनामा साढे १ अर्बभन्दा बढिः तर छैन कर्मचारीमा सन्तुष्टि !

वाणिज्य बैंकका कर्मचारीहरुको तलब डरलाग्दो, ६ महिनामा साढे १ अर्बभन्दा बढिः तर छैन कर्मचारीमा सन्तुष्टि !

२० वाणिजय बैंकका कर्मचारीहरुको तलब डरलाग्दो छ भन्दा अब फरक पर्दैन । ६ महिनामा साढे १ अर्ब भन्दा बढि तलब बैंकका कर्मचारीहरुले लिएका छन् भन्दा फरक पर्दैन । बैंकका कर्मचारीहरूको तलब ६ महिनामा साढे १ अर्बभन्दा बढी बढेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को पुस मसान्त सम्ममा वाणिज्य बैंकहरूले कर्मचारीहरूको तलब ६.०६ प्रतिशत अर्थात् १ अर्ब ६२ करोड ८४ लाख रुपैयाँ बढाएर २८ अर्ब ४७ करोड ४३ लाख रुपैयाँ भुक्तानी गरेका हुन् । गत वर्षको पुसमा २० वटा वाणिज्य बैंकले कर्मचारीहरूलाई २६ अर्ब ८४ करोड ५९ लाख रुपैयाँ तलब बापत भुक्तानी गरेका थिए ।
समीक्षा अवधिमा अधिकांश बैंकले कर्मचारीको तलब खर्च बढाएको देखिन्छ । यस अवधिमा १५ वटा बैंकको कर्मचारी खर्च बढेको छ भने ५ वटा बैंकको कर्मचारी खर्च भने घटेको देखिन्छ ।

तुलनामा घटेको भएपनि यस अवधिमा सबैभन्दा धेरै रकम राष्ट्रिय वाणिज्य बैंकले खर्च गरेको देखिन्छ । यस बैंकको २.४७ प्रतिशत घटेर २ अर्ब ७ करोड ५० लाख रुपैयाँ कर्मचारीहरूलाई भुक्तानी गरेको छ । जबकि गत वर्षको पुसमा बैंकले कर्मचारीहरूलाई २ अर्ब १२ करोड ७६ लाख रुपैयाँ खर्च गरेको थियो । समीक्षा अवधिमा हिमालयन बैंकको कर्मचारी खर्च सबैभन्दा धेरै बढेको देखिन्छ । हिमालयनको २७.६१ प्रतिशत बढेर १ अर्ब ५७ करोड ६७ लाख रुपैयाँ तलब भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २३ करोड ५५ लाख रुपैयाँ तलब भुक्तानी गरेको थियो ।

एभरेष्ट बैंकको १४.८७ प्रतिशत बढेर ९१ करोड ९२ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १४.३१ प्रतिशत बढेर १ अर्ब ८७ करोड ५७ लाख रुपैयाँ, सानिमा बैंकको १३.८५ प्रतिशत बढेर ८२ करोड रुपैयाँ, कृषि विकास बैंकको ७.०५ प्रतिशत बढेर १ अर्ब ८१ करोड ४१ लाख रुपैयाँ खर्च गरेका छन् ।

यस्तै, प्राइम बैंकको २५.६६ प्रतिशत बढेर ८५ करोड ९१ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको २४.९१ प्रतिशत बढेर १ अर्ब ७३ करोड २६ लाख रुपैयाँ, एनएमबी बैंकको २३.१६ प्रतिशत बढेर १ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ तलब वापत भुक्तानी गरेका छन् । एभरेष्ट बैंकको १४.८७ प्रतिशत बढेर ९१ करोड ९२ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १४.३१ प्रतिशत बढेर १ अर्ब ८७ करोड ५७ लाख रुपैयाँ, सानिमा बैंकको १३.८५ प्रतिशत बढेर ८२ करोड रुपैयाँ, कृषि विकास बैंकको ७.०५ प्रतिशत बढेर १ अर्ब ८१ करोड ४१ लाख रुपैयाँ खर्च गरेका छन् ।प्रभु बैंकको ५.९७ प्रतिशत बढेर १ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ५.५८ प्रतिशत बढेर १ अर्ब ३५ करोड ४६ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५.२९ प्रतिशत बढेर १ अर्ब ५२ करोड ४ लाख रुपैयाँ, नबिल बैंकको ५.२३ प्रतिशत बढेर १ अर्ब ८६ करोड ५८ लाख रुपैयाँ कर्मचारीलाई तलब वितरण गरेका छन् ।

ग्लोबल आइएमई बैंकको ११.६९ प्रतिशत घटेर १ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ, कुमारी बैंकको ७.७२ प्रतिशत घटेर १ अर्ब ९२ करोड ५३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २.४७ प्रतिशत घटेर २ अर्ब ७ करोड ५० लाख रुपैयाँ, नेपाल बैंकको १.१३ प्रतिशत घटेर १ अर्ब ८२ करोड १८ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकको०.१३ प्रतिशत घटेर ७३ करोड ७६ लाख रुपैयाँ कर्मचारीलाई तलब वितरण गरेका छन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४.९१ प्रतिशत बढेर ५४ करोड ३० लाख रुपैयाँ, सिटिजन्स बैंकको ३.८३ प्रतिशत बढेर ८३ करोड ८९ लाख रुपैयाँ, माछापुच्छ«े बैंकको १.६२ प्रतिशत बढेर १ अर्ब १३ करोड ६६ लाख रुपैयाँ तलब भुक्तानी गरेका छन् ।
समीक्षा अवधिमा ग्लोबल आइएमई बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र नेपाल एसबीआई बैंकको कर्मचारी खर्च भने घटेको देखिन्छ । ग्लोबल आइएमई बैंकको ११.६९ प्रतिशत घटेर १ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ, कुमारी बैंकको ७.७२ प्रतिशत घटेर १ अर्ब ९२ करोड ५३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २.४७ प्रतिशत घटेर २ अर्ब ७ करोड ५० लाख रुपैयाँ, नेपाल बैंकको १.१३ प्रतिशत घटेर १ अर्ब ८२ करोड १८ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकको०.१३ प्रतिशत घटेर ७३ करोड ७६ लाख रुपैयाँ कर्मचारीलाई तलब वितरण गरेका छन् ।

बैंकर्स संघले गरेको ‘कर्मचारी सर्वेक्षण’को नतिजाले बैंकिङ क्षेत्रको तलब तथा सेवासुविधामा पुर्णसन्तुष्ट रहेका कर्मचारीको अनुपात पछिल्लो २ वर्षमा करिब साढे ५ प्रतिशत बिन्दुले घटेको छ । सन् २०२२ मा वाणिज्य बैंकहरुको कर्मचारीमध्ये २३.३९ प्रतिशत कर्मचारी तलब तथा सेवा सुविधामा पुर्णसन्तुष्ट रहेको उक्त सर्वेक्षणले देखाएको छ । २०२४ मा आउँदा तलब तथा सेवासुविधामा पुर्णसन्तुष्ट हुने कर्मचारीको अनुपात १८ प्रतिशतमात्रै रहेको सर्वेक्षणको नतिजा छ ।यस्तै बैंकहरुका कर्मचारीमा तलबप्रति असन्तुष्ट रहेका कर्मचारीको अनुपात ३ प्रतिशत बिन्दुले बढेको छ । सन् २०२२ मा २१.०७ प्रतिशत कर्मचारी तलबप्रति असन्तुष्ट रहेकोमा २०२४ मा उक्त अनुपात बढेर २४.१० प्रतिशत पुगेको सर्वेक्षणले देखाएको छ । आंशिक सन्तुष्ट रहेका कर्मचारीको अनुपात ५५.५४ प्रतिशतबाट बढेर ५७.९० प्रतिशत पुगेको हो । पर्याप्त नभए पनि अन्य क्षेत्रको तुलनामा राम्रो तलब तथा सेवासुविधा भएकोले आंशिकरुपमा सन्तुष्ट हुने कर्मचारीको संख्या अधिक रहने गरेको बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरु बताउँछन् ।

सन् २०२२ मा वाणिज्य बैंकहरुको कर्मचारीमध्ये २३.३९ प्रतिशत कर्मचारी तलब तथा सेवा सुविधामा पुर्णसन्तुष्ट रहेको उक्त सर्वेक्षणले देखाएको छ । २०२४ मा आउँदा तलब तथा सेवासुविधामा पुर्णसन्तुष्ट हुने कर्मचारीको अनुपात १८ प्रतिशतमात्रै रहेको सर्वेक्षणको नतिजा छ ।यस्तै बैंकहरुका कर्मचारीमा तलबप्रति असन्तुष्ट रहेका कर्मचारीको अनुपात ३ प्रतिशत बिन्दुले बढेको छ ।

पछिल्ला ५ वर्षमा सबैभन्दा आकर्षक तलबवृद्धि बैंकिङ क्षेत्रका कर्मचारीको देखिन्छ । राष्ट्र बैंकले प्रकाशित गर्ने तलब तथा ज्यालादर सुचकांकमामा सबैभन्दा धेरै तलव वृद्धिदर बैंक तथा बिमा क्षेत्रमा कार्यरत कर्मचारीहक्रुो देखिन्छ । आर्थिक वर्ष २०७६÷७७ को असारमा वार्षिक बिन्दुगत तलब तथा ज्यालदर सुचकांकको ७.४० प्रतिशतमात्रै हुँदा बैंकिङ तथा बिमा क्षेत्रको तलब तथा ज्यालादर सुचकांक २५.४३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ । आर्थिक वर्ष २०७७÷७८ मा बैंकिङ क्षेत्रको कर्मचारीको तलब वृद्धि भएन । तर, समग्र तलब तथा ज्यालदर सुचकांक उक्त वर्ष २.७६ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७८÷७९ मा बैंकिङ तथा बिमा क्षेत्रको तलब तथा ज्यालादर सुचकांक २८.२५ प्रतिशतले वृद्धि भयो । तर, वार्षिक तलब तथा ज्यालादर सुचकांक भने ९.०९ प्रतिशतले मात्रै वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ ।

आर्थिक वर्ष २०७६÷७७ को असारमा वार्षिक बिन्दुगत तलब तथा ज्यालदर सुचकांकको ७.४० प्रतिशतमात्रै हुँदा बैंकिङ तथा बिमा क्षेत्रको तलब तथा ज्यालादर सुचकांक २५.४३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ । आर्थिक वर्ष २०७७÷७८ मा बैंकिङ क्षेत्रको कर्मचारीको तलब वृद्धि भएन ।

आर्थिक वर्ष २०७९/८० को असारमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सुचकांक ८.७१ प्रतिशतले वृद्धि हुँदा बैंकिङ तथा बिमा क्षेत्रको तलब तथा ज्यालादर सुचकांक २५.०४ प्रतिशतले बढेको र २०८०÷८१ असारमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सुचकांक ३.५६ प्रतिशतले वृद्धि हुँदा बैंकिङ क्षेत्रको तलब तथा ज्यालादर सुचकांक ८.६२ प्रतिशतले बढेको देखिन्छ ।
चालु आर्थिक वर्षको पुषमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सुचकांक २.८५ प्रतितले बढेकोमा बैंकिङ तथा बिमा क्षेत्रको तलब तथा ज्यालादर सुचकांक केही कम अथात् २.२२ प्रतिशतले मात्रै बढेको छ ।

२०२४ मा आउँदा उक्त अनुपात बढेर ३१.७६ प्रतिशत पुगेको छ । त्यहि बैंकिङ क्षेत्रमा करियर वृद्धिको अवसर देख्ने कर्मचारीको अनुपात २०२२ मा ७७.०५ प्रतिशत रहेकोमा २०२४ मा ६८.२४ प्रतिशतमा झरेको छ । बैंकिङ क्षेत्रका कर्मचारीले करियर वृद्धिको अवसर नदेखेको मात्रै होइन बैंकको जागिर र करियर नै असुरक्षित रहेको महशुस गर्ने कर्मचारी समेत बढ्दै गएका छन् ।

बैंकिङ क्षेत्रमा आफ्नो करियर वृद्धिको अवसर नदेख्ने कर्मचारी अनुपात २ वर्षको अवधिमा करिब ९ प्रतिशत बिन्दुले बढेको छ। बैंकर्स संघको सर्वेक्षण अनुसार २०२२ मा बैंकिङ क्षेत्रमा करियर वृद्धिको अवसर नदेख्ने कर्मचारीको अनुपात २२.९५ प्रतिशत मात्रै थियो । २०२४ मा आउँदा उक्त अनुपात बढेर ३१.७६ प्रतिशत पुगेको छ । त्यहि बैंकिङ क्षेत्रमा करियर वृद्धिको अवसर देख्ने कर्मचारीको अनुपात २०२२ मा ७७.०५ प्रतिशत रहेकोमा २०२४ मा ६८.२४ प्रतिशतमा झरेको छ । बैंकिङ क्षेत्रका कर्मचारीले करियर वृद्धिको अवसर नदेखेको मात्रै होइन बैंकको जागिर र करियर नै असुरक्षित रहेको महशुस गर्ने कर्मचारी समेत बढ्दै गएका छन् । यस्तो कर्मचारीको अनुपात २०२२ मा ३९.३० प्रतिशत रहेकोमा २०२४ मा ४३.९६ प्रतिशत पुगेको छ । यस्तै जागिर र करियर सुरक्षित महसुस गर्ने कमीचारी २०२२ मा ६०.७० प्रतिशतबाट २०२४ मा ५६.०४ प्रतिशतमा घटेको छ । सचेत भया ।

375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका